फोटोफिचर : कास्कीमा धान थन्क्याउने चटारो

पोखरा न्यूज – २१, मंसिर ।

कास्कीका किसान यति बेला धान थन्क्याउने चटारोमा छन् । कास्कीको पोखरा महानगरपालिकाका विभिन्न स्थानमा धान थन्क्याउन किसानलाई भ्याइनभ्याइ छ ।

किसानले खलो खुर्कने, धान चुट्ने, बत्ताउने, गोरुले दाई राख्ने काममा व्यस्त छन् । किसानले गोरु पाल्न छाडेपछि पछिल्लो समयमा थ्रेसरको समेत प्रयोग हुन थालेको छ ।

दश वर्ष अघि सम्म किसानहरु एक अर्काको अरमपरम गरि धान घर घरमा भित्र्याउथे । धान भित्र्याउने काम छरछिमेककै अरम परममा हुन्थ्यो ।

जग्गा खण्डीकरण र बिक्री बढेर बिभिन्न जिल्लाबाट पोखरामा आएर बस्ने जनसंख्या ह्वात्तै बढेसँगै उर्वर खेत कंक्रिट सहरमा विकास हुँदै गएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button