ढोरपाटन महिला भलिबल हुने

पोखरा न्यूज – २२, मंसिर ।

आगामी माघ पहिलो साताबाट १४ औँ संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता शुरु हुने भएको छ । 

आयोगक ढोरपाटन स्पोर्टस क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता आगामी माघ ५ देखि १९ गतेसम्म सञ्चालन गर्ने जनाएको हो । नयाँ बसपार्कस्थित सो क्लबको भलिबल कोर्टमा १४ दिन चल्ने च्याम्पियनसिपमा विभिन्न ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा एपिएफ क्लब, न्यू डायमन्ड एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टप्स हाई स्कूल, श्री गाउँ स्पोर्ट्स विकास कमिटी, चितवन टाइगर्स, पारामाउन्ट हाई स्कूल, थ्री स्टार एकेडमी, सेब स्कूल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन् । 

च्याम्पियनसिपको विजेताले रु तीन लाख ५० हजार, उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख पाउने छन् । यस्तै चौथौँ हुनेलाई ६० हजार, पाँचौँ हुनेलाई ४० हजार, छैटौँ हुनेलाई ३० हजार र सातौँ हुने टोलीलाई रु २० हजार पुरस्कार राखिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भन्दा यस पटक पुरस्कार राशि बढाइएको छ । 

प्रतियोगितामा उकृष्ट खेलाडी, उदयमान, वर्ष खेलाडी र प्लेयर अफ द सिरिज बन्नेले सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै एक दर्शकले समेत स्कुटर पाउनेछन् । व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, डिफेन्स, लिफ्टर, सर्भर, ब्लकर, उत्कुष्ट क्विकर र उत्कुष्ट प्रशिक्षकले जनही रु छ हजारका दरले पुरस्कार पाउने छन् ।

पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, सेव स्कूलका प्रधानाध्यापक युवराज थापालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button