तनहुँमा चितुवाको खोजीकार्य जारी

पोखरा न्यूज- २४, मंसिर ।

बालबालिकालाई आक्रमण गर्ने चितुवाको खोजीकार्य जारी रहेपनि त्यसलाई अझै नियन्त्रणमा लिन नसकिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । चितुवालाई नियन्त्रणमा लिन बाख्रा सहितको पासो थापिएको तथा जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी दैनिक खोजीमा लागेपनि चितुवालाई नियन्त्रणमा लिन नसकिएको बरालले जानकारी दिए ।

चितुवाको गतिविधि निगरानीका लागि चारवटा क्यामरा ट्र्यापिङ समेत जडान गरिएको छ । भानु नगरपालिका–३ का वडा अध्यक्ष दलनारायण श्रेष्ठले चितुवा खोज्नका लागि वडाका प्रत्येक घरधुरीबाट एक-एकजना परिचालित भए पनि चितुवा भेट्न नसकिएको जानकारी दिए ।

चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जीता लम्साल र मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button