गोरखामा टिप्पर पल्टिदा चालकको मृत्यु

पोखरा न्यूज- २४, मंसिर ।

गोरखाको सिरानचोक गाउँपालिका-२ थालाजुङमा टिप्पर पल्टिंदा टिप्पर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय वीर बहादुर स्याङताङ रहेको प्रहरीले जनाएको छ । ना १ क ६४७७ नम्बरको टिप्पर भित्री सडक खण्डमा ग्रावेल अनलोड गर्ने क्रममा अनियन्त्रित भई पल्टिदा स्याङताङको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरी जानकारी दिएका छन् ।

घटनास्थलामा तत्कालै प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button