पोखरा महानगरमा इजलास सुरु, यस्ता मुद्दामा हुन्छ आदेश र सुनुवाइ

पोखरा न्यूज- २४, मंसिर ।

पोखरा महानगरपालिकामा इजलास सुरु भएको छ । महानगरको न्यायिक समितिले सोमबारदेखि इजलासबाटै मुद्दाको आदेश र सुनुवाइको थालनी गरेको छ ।

यस अघि न्यायिक समितिकी संयोजक एवं उपप्रमुख मञ्जुदेवी गुरुङले आफनो कार्यकक्ष प्रयोग गदै आएकी थिइन् । सम्वन्ध विच्छेद सम्वन्धि न्यायिक समितिमा छलफल भैरहेको विवादको विषयलाई अदातल पठाउने आदेश न्यायिक समिति संयोजक गुरुङले दिएसंगै महागनरमा इजलास संचालन सुरु भएको .हो । संयोजक गुरुङ, न्यायिक समिति सदस्य पार्वती कार्की, किशोर बराल, महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत यमलाल अधिकारी, न्यायिक समिति अन्र्तगत रहेका उजुरी प्रशासक नारायणप्रसाद शर्मा, अभिलेख प्रशासक राममणी अधिकारी सहितको उपस्थितिमा इजलास सुरु भएको हो ।

अभिलेख प्रशासक राममणी अधिकारीले सम्वन्ध विच्छेद सम्वन्धि छलफल भैरहेको विषयलाई जिल्ला अदातल पठाउने निर्णयको फाइल इजलासमा प्रस्तुत गरेका थिए । फाइलनमा न्यायिक समिति संयोजक गुरुङ, सदस्यद्धय कार्की र बरालले हस्ताक्षर गरेपछि जिल्ला अदातल पठाउने आदेश भएको हो । महानगरमा न्यायिक समिति गठन भएको डेढ वर्षपछि इजलासबाट पहिलो पटक सवम्वन्ध विच्छेद को विवादमा आदेश भएको हो ।

महानगरको न्यायिक समितिले उजुरी प्रशासकमा नारायणप्रसाद शर्मा र अभिलेख प्रशासकमा राममणी अधिकारीलाई तोकेको छ । ‘छुट्टै इजलास नहुँदा समितिका सबै काम मेरै कार्यकक्षमा बसेर गर्नु परेको थियो’, संयोजक गुरुङले भनिन्, ‘अव इजलासबाटै आदेश र सुनुवाई हुन्छ ।’ इजलास संचालनमा आएसंगै अव विवादका पक्ष र विपक्षका कुरा सुन्ने र सुनुवाई गर्ने काम यहीबाट हुन्छ संयोजक गुरुङले भनिन्, ‘इजलास सुरु भएकाले न्यायिक समितिको काम अव तिव्र गतिमा अगाडी बढछ ।’ स्थानीय तहका विवाद स्थानीय तहमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानले न्यायिक समितिको परिकल्पना गरेको छ ।

समितिले देवानी प्रकृतिका मुद्दा निरूपण गर्ने अधिकार पाएको छ । समितिले मेलमिलापलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मुद्दामा मेलमिलाप गराउने नभए मात्र अदालत पठाउने गरिएको संयोजक गुरुङले बताइन् । ‘दुवै पक्षसँग छलफल गरी मुद्दा मिलाउने गरेका छौ’, उनले भनिन, ‘जग्गा, बाटो विवाद, घरेलु हिंसालगायत सम्वन्ध विच्छेक्षका मुद्दा समितिमा परेका छन्।’

पोखरा महानगरपालिकाले संविधानले परिकल्पना गरेको स्थानीय तहका विवाद समाधानका लागि प्रक्रिया अगाडी बढाएको हो । न्यायको पहुँच घर घरमा पु¥याउँने उद्देश्यले न्यायिक समिति गठन गरि मेलमिलापकर्ता छनोट गदै मेलमिलाप मार्फत विवाद समधान गरिरहेको छ ।मेलमिलापकर्तालाई सूचिकृत भएको पत्र हातमा थमाए लगत्तै विवाद समाधानका लागि अगाडी बढेको समितिले एक साता अघि मात्रै मेलमिलापकर्ता मार्फत विवाद समाधान समेत सुरु गरेको थियो ।

सोमबारबाट इजालस सुरु गरेको महानगरले अव वडा वडामा मेलमिलापक केन्द्र स्थापना गर्ने तयारी गरेको छ । समितिले पुस १ गते वडा नम्वर सातमा पहिलो मेलमिलाप केन्द्र स्थापना गर्ने र त्यसपछि अन्य वडामा केन्द्र स्थापना गरिने न्यायीक समिति सदस्य किशोर बरालले जानकारी दिए ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्षपछि महानगरको न्यायिक समितिले गति लिएको हो । न्यायिक समिति गठन, कार्यविधि निर्माण लगयातका काम ढिला हुदाँ डेढ वर्षपछि समितिले आफनो कामलाई तिव्रता दिएको न्यायिक समिति सदस्य पार्वती कार्कीले बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button