अन्नपुर्ण क्षेत्रमा उद्धार र राहत बाहेक हेलिकोप्टरको व्यवसायीक उडान हुदैन – मन्त्री अधिकारी

डिएनबी, पोखरा न्यूज- २५, मंसिर ।

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अन्नपुर्ण वेस क्याम्प क्षेत्रमा उद्धार र राहत बाहेक हेलिकोप्टरको व्यवसायीक उडान नहुने बताएका छन् । पोखरामा सोमबार देखि सुरु भएको पर्वतीय महोत्सवको उद्घाटन गर्न पोखरा आएका मन्त्री अधिकारीले मंगलबार पोखराका पत्रकारसंग छोटो कुराकानी गर्दै अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) क्षेत्रमा पर्ने अन्नपुर्ण वेस क्याम्पमा उद्धार र
राहतमा बाहेक व्यवसायीक हेलिकोप्टर उडान गर्न नहुने बताएका हुन।

व्यवसायिक हिसावबाट अन्नपुर्ण वेस क्याम्पमा हेलिकोप्टर उडान गर्न उपयुक्त नभएको मन्त्री अधिकारीको भनाइ छ । अन्नपु्र्ण वेस क्याप बाहेक अन्य कुनै नजिक क्षेत्रमा भने हेलिकोप्टर जान सक्ने उनले जनाए । उनले भने “ एक्याप क्षेत्रको वातावरण बिग्रनु हुदैन, अन्नपुर्ण वेस क्याम्पमा हेलिकोप्टर संचालन भएको बिषयलाई व्यबस्थित गर्न, अनावश्यक रुपमा हेलिकोप्टर उडान नगर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छु । ”

अन्नपुर्ण गाँउपालिकाको  गत असारमा बसेको गाँउसभाले अन्नपुर्ण वेस क्याम्पमा व्यवसायीक रुपमा हेलिकोप्टर उडान गर्न नदिने भनि गरेको निर्णय हालसम्म कान्वयन हुन सकेको छैन। अन्नपूर्ण क्षेत्रमा जथभावी रुपमा हेलिकोप्टर उडान गर्दा त्यहाँको पर्यावरणमा प्रत्यक्ष असर पर्ने, वन्यजन्तुहरु हेलिकोप्टरको आवाजले गर्दा तर्सिने लगायतको कारणले गर्दा अन्नपूर्ण वेस क्याम्पमा हेलिकोप्टरको व्यवसायीक उडान गर्न नहुने भनि आफुहरुले निर्णय गरेको अन्नपुर्ण गाँउपालिकाका प्रमुख युवराज कुवंरले बताए । आफुहरुले सम्बन्धित निकाय हेलिकोप्टर संचालन गर्ने व्यवसाय सहितका विभिन्न निकायमा अन्नपुर्ण वेस क्याम्पमा हेलिकोप्टर व्यावसायीक उडान नगर्न आग्रह गर्दा हालसम्म कसैले नटेरेको उनले गुनासो गरे ।

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुराँगाईले हाल तीन वटा कम्पनीले अन्नपुर्ण वेस क्याप क्षेत्रमा दैनिक जसो ५ / ७ वटा हेलिकोप्टरले व्यवसायीक उडान गर्दै आएको बताए । केहि बर्ष अघि देखि अन्नपुर्ण वेसक्याम्पमा हेलिकोप्टरको व्यवसायिक उडान भए पनि हालसम्म आफुहरुलाई उक्त उडानको बिषयमा कसैले कुनै जानकारी नगराएको उनले बताए । सिजनमा भने पोखरा विमानस्थलबाट अन्नपुर्ण बेसक्यापमा दैनिक ३५ वटासम्म हेलिकोप्टरको उडान हुने गरेको प्रमुख गुरागाँईले जनाए ।

पोखरा विमानस्थलबाट प्रभु हेलिकोप्टर, सिम्रिक एयरलायन्स र एयर डाईनेष्टीक कम्पनीले अन्नपुर्ण वेस क्याम्पमा पर्यटकलाई दृश्यावलोकन गराउने उद्धेश्यले व्यवसायीक उडान गर्दै आएका हुन। प्रभु हेलिकोप्टरले हाल दैनिक जसो ४ वटा उडान गर्दै आएको प्रभु हेलिकोप्टर प्रा.लि.का म्यानेजर दिनेश महर्जनले बताए । कम्पनीसंग हाल रेस्क्यू सहितको पर्यटकको दृश्यावलोकनको लागि पोखरा विमानस्थलमा ५ वटा हेलिकोप्टर तयारी अबस्थामा रहेको उनले जनाए । पोखरा देखि अन्नपुर्ण वेस क्याम्पसम्म उडान गर्दा ९ सय डलर शुल्क लाग्ने उनले जनाए ।

सामान्यतया आपतकालीन उडान भर्ने गरेका हेलिकोप्टरहरुले हाल पर्यटकीय गन्तब्यहरुमा चार्टर्ड उडान गर्ने गरेका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button