युनाईटेड कप बास्केटबल प्रतियोगिता शुरु

पोखरा न्यूज- २५, मंसिर।

युनाईटेड क्लबको आयोजनामा पोखरामा क्लबस्तरीय लिगकम नकआउट बास्केटबल प्रतियोगिता शुरु भएको छ ।

उदघाटन खेलमा काठमाडौंको जेभियर इन्टरनेशनल कलेजले विजयी शुरुवात गरेको छ । पोखरा अमरसिंह चोकस्थित बास्केटबल कोर्टमा मंगलबारदेखि शुरु भएको प्रतियोगितामा जेभियरले बुढानिलकण्ठ महानगरपालिका बास्केटबल क्लब काठमााडौंलाई ५१–४१ स्कोरले पराजित गर्दै तीन अकं जोडेको छ । जेभियरका निकेश मगरले १७ प्वाईन्ट स्कोर(बास्केट) गरेका थिए । यसैगरी हिस्तान म्याग्दीले कास्कीको ताङतिङ बीलाई ४१–२६ स्कोरमा पराजित गर्यो । हिस्तानका लागि गिनेन पूर्जाले ११ प्वाईन्ट स्कोर गरे ।

त्यसैगरी महिलातर्फ आज सम्पन्न खेलमा अमरसिंह बटालियन गल्र्सले मेसालाई २०–१७ स्कोरले पराजित गर्यो । उक्त खेलमा अमरसिंह तनुजा गुरुङले ८ प्वाइन्ट स्कोर गर्न सफल भइन । प्रतियोगितामा पुरुष तर्फ ९ टोलीले प्रतिस्पर्धा गरेका छन् । महिला तर्फ ४ र ४० वर्षमाथिको उमेर समूह(प्रौढ) को प्रतिस्पर्धामा भने ५ वटा समूहले प्रतिस्पर्धा गरेका छन् । स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लवले आफ्नो खेलकुद कार्यक्रम अन्तर्गत प्रथम युनाईटेड कपको आयोजना गरेको हो ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद १ लाख रुपैयाँ नगदसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । दोश्रो हुने टिमले नगद ४० हजार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । महिलातर्फ भने प्रथम हुने टिमले नगद २० हजार,शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो हुने टिमले नगद १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक विष्णुकुमार गुरुङले जानकारी दिए । प्रौढ तर्फ प्रथम हुनेलाई नगद २५ हजारसहित शिल्ड मेडल र प्रमाण पत्र र दोश्रो हुनेले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवले जनाएको छ । प्रौढ तर्फको प्रतिस्पर्धामा उमेरको हदको कारण नागरिकताको प्रमाणपत्र हेरिने क्लबले जनाएको छ ।

प्रतियोगिताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलको बिकास भएमा मात्र खेलाडीहरु सम्पन्न बन्ने वताए । खेलकुद संस्थाहरु संस्थामा मात्र सीमित भएको वताउदै संस्थामा सीमित भएका खेलहरुलाई मैदानमा उतार्नु अहिलेको आवश्यकता  रहेको वताउदै गुरुङले केही खेलकुदका संस्थाका पदाधिकारीहरुले आफ्नो संस्थालाई विदेश जाने हतियारका रुपमा लिएको वताउदै त्यस्ता संस्थाहरुलाई सक्रिय बनाइ खेलाडी उत्पादनमा जोड दिनुपर्ने समेत वताए । खेलाडीहरुको भविष्य अन्यौल बनिरहेको सन्दर्भमा सरकारले यसबारेमा समेत ध्यान दिनुपर्ने वताउदै युनाइटेड क्लवले विशुद्ध सामाजिक काममा लागी परेकाले आफ्नो संस्थागत र ब्याक्तिगत तर्फबाट गर्नुपर्ने सहयोगलाई निरन्तरता दिने समेत वताए ।

युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन क्लवका महासचिव शान्ता बहादुर थापाले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button