पोखराका पोलमा रहेका अब्यबस्थित तार हटाउने अभियान सुरु

डिएनबी, पोखरा न्यूज- २७ मंसिर ।

पोखरा महानगर सडक छेउका पोलमा रहेका अब्यबस्थित (गुजुल्टा परेका ) तार हटाउने अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाले अब्यबस्थित ढंगले विभिन्न पोलमा राखिएका  तारहरु हटाउने अभियान बिहिबार देखि सुरु गरेको हो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको सिद्धार्थचोकमा अव्बस्थित  तार काटेर उक्त अभियानको शुभारम्भ गर्दै महानगरले सुरु गरेको अभियानमा सवैको साथ र सहयोग आवश्यक भएको बताए ।

पोखराको सौन्दर्यता र सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै  महानगरले पहिलो चरणमा पोखराका मुख्य चोकका पोलहरुमा रहेका अव्यवस्थित तार हटाउने मेयर जिसीले बताए । उनले भने “ आज देखि सुरु भएको यो अभियान १० दिनको हुने छ, जसमध्य सिद्धार्थचोक, विपिचोक, न्यूरोड हुदै सभागृहचोकसम्म पुग्ने छ । ” दोश्रो चरणमा पालिखेचोक, साँघुकोमुख, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकहुँदै सभागृहचोकसम्मका तार हटाइने भएको छ । 

उक्त अभियानको तेश्रो चरणमा सभागृहचोकदेखी सृजनाचोक, जिरो किलोमिटर हुँदै हल्लनचोकसम्मका तार हटाइने भएको छ भने चौथो चरणमा हल्लनचोकबाट सहिदचोकहुँदै मुस्ताङ्गचोक सम्मका पोलमा रहेका अव्यबस्थित तार हटाईने महानगरका मेयर जिसीले जनाए । विभिन्न चरण १०/१० दिनको हुने भएको उनले जनाए ।

अब्यबस्थित तार हटाउने अभियानमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संस्था, केबल व्यवसायी लगायतका सेवा प्रदायक संस्थाहरुलाई सँगसँगै लिएर अघि बढेकोे महानगर मेयर जिसीले बताए । यसअघी महानगरले सुचना प्रकाशित गरेर सरोकार निकायसंग छलफल गरि महानगरभित्रका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्ने निर्णय गरेको हो । उक्त तार हटाएसंगै सरोकार पक्षसंग सहकार्यमा महानगरले केही समय पछि आकाश माथि हुने तारलाई जमिनमुनि (अण्डरग्राउण्डमा) व्यबस्थापन गर्ने बिषयमा अघि बढ्ने योजना रहेको मेयर जिसीले जनाए । उनले पोखरालाई स्मार्ट सिटि बनाउने अभियानमा उक्त कार्यले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उक्त तार हटाएसंगै कुनै कारणले पुनः अब्यबस्थित तार पोलहरुमा झुण्डाएको भेटिएमा महानगरपालिकाले कारवाही गर्ने भएको छ ।

महानगरले महानगरका उपसचिव तथा सुचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार ब्यवस्थपान सहजीकरण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेलका सुवोध रेग्मी, वाराही ईन्टरनेटका सुरेन्द्र बहादुर थापा, व्ल्क्ष्ऋत् का सोमराज गुरुङ, टेलनेट प्रा.लिका बिनोद हुगाई, पोखरा केवलका मनोज गुरुङ्ग, पोखरा ईन्टरनेटका अजित तामाङ, वल्र्डलिङ्क कम्यूनिकेसनका विनोद के.सी., महानगरका नगर प्रहरीका असई पुरुषोत्तम थापा, पोखरा महानगरपालिकाका सूचना प्रविधि अधिकृत ईञ्जिनियर अशोक द्वारे रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button