सोमबार फेवातालमा डुवेका युवकको शव फेला

पोखरा न्यूज- २९, मंसिर ।

पोखराको पर्यटकीय स्थल फेवातालमा डुवेर बेपत्ता भएका एक युवाको ६ दिनपछि शव भेटिएको छ ।

काठमाण्डौं ताहाचलबाट पोखरा घुम्न आएका १९ बर्षीय रोजन श्रेष्ठ प्याडल बोर्डबाट सेल्फि खिच्न खोज्दा ६ दिन अघि फेवातालमा डुबेर बेपत्ता भएकोमा शनिबार विहान ७ बजे तिर फेवातालमा उनको शव तैरिएर रहेको अबस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ ।

उनले लाईफ ज्याकेट विना सेल्फी खिच्न खोज्दा तालमा डुबेर वेपत्ता भएको स्थानियले जनाए । वडा प्रहरी कार्यालय वैदामका प्रहरी नायव उपरीक्षक नविन कार्कीको नेतृत्वमा रेस्क्यु टिमले सोमबार देखि वेपत्ता भएका श्रेष्ठको निरन्तर खोजि गरे पनि उचित प्रविधि र दक्ष जनशक्ति अभावमा तालमा डुबेकाको समयमै खोज तथा उद्धार गर्न कठिन हुदै आएको उद्धारमा खटिने सुरक्षाकर्मीले गुनासो गर्दै आएका छन् ।

उनको खोजिमा बेगनासतालका जलारीको एक समुह समेत आएर तालमा खोजी गरेको थियो तर तालको तल्लो भागमा बढी लेदोहिलो भएकोले उद्धारमा कठिनाई भएको बताईन्छ । उनको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको छ भने उनका आफन्तले शव पोष्टमाटम पछि बुझ्दैछन् ।

सोमबार फेवातालमा डुवेर वेपत्ता भएका श्रेष्ठले डुंगामा नभई एक जना मात्र सयर गर्न मिल्ने प्लाडल बोर्ड सयर गर्दा दुर्घटना भएको फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष कृष्ण गिरीले बताए । फेवाताल, बेगनासताल लगायतका तालमा सयर गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनु पर्ने गरी ज्याकेटको व्याबस्था गरे पनि पर्यटकहरुको केहि छिनको लापरवाहीले यस्ता घटना पटक पटक दोहोरिदै आएका छन् । प्याडल बोर्डबाट फेवातालमा डुबेर वेपत्ता भएको भने यो पहिलो घटना हो ।

फेवाताल, बेगनासताल लगायतका तालमा डुंगा सयर गर्दा होस वा प्याडल बोर्ड र कायकिङ गर्दा अनिवार्य लाईफ ज्याकेट लगाउनु पर्छ ।


सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button