पोखरा अन्तराष्ट्रिय विमानस्थलको रन वे, ट्याक्सी वे र एप्रोन ३ महिना भित्र सकिन्छः आयोजना प्रमुख

विमानस्थल निमार्ण कार्य २० प्रतिशत सकियो

डीएनबी, पोखरा न्यूज – २९, मंसिर ।

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजना प्रमुख विनेस मुनाकर्मीले आगामी ३ महिना भित्र विमानस्थलको रन वे, ट्याक्सी वे र एप्रोनको काम सकिने बताएका छन् ।

विमानस्थलको निर्माणाधीन रन वे, ट्याक्सी वे र एप्रोनको काम मा पहिलो दोश्रो हुदै तेश्रो तहको हुदै पिच निमार्ण सम्मको काम ३ महिना भित्रमा सकिने मुनाकर्मीले जनाए । उनले भने “पोखरा विमानस्थल निमार्णको काम हाल दुर्तगतिमा भईरहेको छ, माटो कटान ७० प्रतिशत सकिएको छ, रन वे, ट्याक्सी वे र एप्रोनमा सववेस (पहिलो लेयर विच्छाउने काम) सहित अर्को वेसकोर्ष समेत सकिएको छ । ” त्यसैगरी ह्याङगरको टाईपिङको काम सकिएसंगै फाउण्डेशन जग हाल्ने तथा पिल्लरको काम भईरहेको प्रमुख मुनाकर्मीले पोखरा न्यूजलाई बताए ।

२ हजार ५ सय रनवे रहेको पोखरा विमानस्थलको पुर्विभागको उत्तरदतर्फ ह्याङगर निमार्णको काम भईरहेको छ भने एप्रोन तथा ट्याक्सी वेको निमार्ण कार्य अन्ति चरणमा पुगेको छ । ट्याक्सि वे रन वे देखि उत्तर तर्फ रहेको छ भने एप्रोन ह्याङगरको पश्चिम भागमा पर्दछ ।

समग्रमा विमानस्थल निमार्णको २० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भएको मुनाकर्मीको भनाई छ । रनवेको छेउ छाउमा माटो भर्ने काम भईरहेको जनाउदै उनले विमानस्थलमा ड्रेन(नाला) बनाउने काम समेत ७० प्रतिशत सकिएको बताए । आगामी असार मसान्तसम्म ३५ प्रतिशत काम सक्ने गरी आफुहरुले निमार्ण कम्पनीसंग सहकार्य गरेको उनले जनाए ।


आयोजना प्रमुख विनेस मुनाकर्मी

मुनाकर्मीका अनुसार निर्माणाधीन विमानस्थलमा दक्ष प्राविधिक सहित चाईनबाट हाल दैनिक जसो एक सय जनाबाट काम भईरहेको छ भने ३ सयको हाराहारीमा नेपाली कामदारले काम गरिरहेका छन् । चाईनबाट ल्याईएका करिब ५० भन्दा बढी ईकुपमेन्टबाट विमानस्थलको काम भईरहेको छ ।

निर्माणाधीन विमानस्थलको केही भागमा कडा चट्टान भएकोले गर्दा ब्रेकर र स्कोसिप (विष्फोटक पदार्थबाट बिस्फोटन) गर्नु परेको मुनाकर्मीले जानकारी दिए । आयोजनाका लागि साविक लेखनाथको रिठ्ठेपानीको डाडाँ कटान गर्नुपर्ने अबस्था रहेको समेत उनले जनाए । त्यसै गरी पोखरा विमानस्थलको बाहिरी भागलाई आयोजनाको क्रममै रिङरोड बनाइने भएको छ । लगभग १० किलोमिटर क्षेत्रमा करिब २२ करोडको लागतमा पक्की सडक निमार्ण हुने भएको हो ।

विमानस्थलको पहिलो तथा दोश्रो चरणको मुआब्जा वितरण कार्य सकिएको तर तेश्रो चरणको मुआब्जा वितरण भने करिब २० प्रतिशत अर्थात १० रोपनी जग्गाको मुआब्जा दिन बाँकी रहेको प्रमुख मुनाकर्मीले बताए । मुआब्जाको तेश्रो चरण अन्र्तगत २ सय ५० जना मध्य हालसम्म १ सय ९१ जनाले मात्र मुआब्जा बुझेको अन्य ५९ जनालाई मुआब्जा वितरण गर्न बाँकी रहेको उनले जनाए ।

सन २०२१ जुलाई ११ भित्र पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण हुने गरी नेपाल सरकारको विभिन्न विधि विधान तथा प्रकृया पुरा गरी चाईनिज सिएएमसी कम्पनीलाई सरकारले जिम्मा दिएको छ । उक्त कम्पनिका पब्लिक रिलेसन अफिसर कृष्ण प्रसाद चापागाईले नेपाल सरकारले तोकेको समय सिमा भन्दा केहि अघि सक्ने गरी आयोजनको काम भईरहेको जनाए । हाल आफुहरुले सरकारलाई उक्त योजनाको पुरा डिजाईनको रिपोर्ट समेत पेश गरेको उनले जनाए ।

गण्डकी प्रदेशकै विकासको मेरुदण्डको रुपमा लिइएको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ । २०७२ वैशाख एक गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेको विमानस्थलको एक बर्ष पछि ऋण सम्झौता भए पनि २०७४ साल देखि विमानस्थलको निमार्ण कार्यले गति लिएको छ ।

गण्डकी प्रदेश सरकारले सन २०२२ मा ५ लाख पर्यटक भित्राउने महत्वकाक्षि योजना अघि सार्दै गर्दा पोखरा विमानस्थल निमार्ण कार्य छिट्टै सम्पन्न भएर पोखरा सहितको गण्डकी प्रदेशमा छिमेकी मुलुक चिन, भारत सहित तेश्रो मुलुकका विदेशी पर्यटक भित्राउन उद्धत हुनु आवश्यक छ ।
पोखरेलीहरुको चार दशक देखिको सपना साकार हुने कुरामा जनसमुदायमा अझै पनि शंका उपशंका देखिएपनि निमार्ण कार्यलाई फिल्डमा गएर हेर्दा बाहिर हल्ला चले बिपरित निर्माण कार्य दुर्तगतिले अगाडी बढेको देख्न सकिन्छ ।

गण्डकी प्रदेशको राजधानि पोखरा, देशकै पर्यटनको राजधानि बनाउने अभियानमा लाग्दै गर्दा पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्ण जति छिटो सम्पन्न गर्न सक्यो त्यसबाट पोखरा र पोखरा आसपास सहित गण्डकी प्रदेशका ११ जिल्ला नै यसबाट लाभान्वित हुनेछन । राष्ट्रिय गौरव योजनाको रुपमा रहेको पोखरा विमानस्थल हाल संघिय सरकार, प्रदेश सरकार र स्थानिय गरी तीनै वटा सरकारको समेत चासो बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चाईनिज कम्पनी सि.ए.एम.सी. कम्पनीलाई तोकिएको समय सिमा भन्दा करिब ६ महिना अघि निमार्ण कार्य सक्न आग्रह गर्र्दै आएका छन । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल करिब २२ अर्वको लगानीमा सन् २०२१ जुलाइ भित्र सकिने गरी चाईनिज कम्पनीले हाल निमार्ण कार्यलाई तिव्र पारेको छ ।

करिब ३७ सय रोपनी क्षेत्रफलमा अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भएसंगै २०१७ को जुलाई ११ (२०७४ असार २७ गते)बाट क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० बर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको हो । सुरुको ७ बर्ष भने (ग्रेस अवधी) कुनै किस्ता तिर्न पर्दैन भने त्यस पछि १३ बर्षसम्म ६/६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।

विमानस्थल निमार्ण आयोजनाले ईन्दनको स्टोरेज र ह्याङगरको लागि भन्दै करिब ५ सय रोपनी जग्गा अधिग्रहणको तयारी गरेको भन्ने समाचार केहि संचार माध्यममा बाहिर आएसंगै स्थानियहरु आन्दोलिन भएका थिए । यद्यपी पर्यटन मन्त्री रविन्द्र अधिकारीले यस्तो बिषयमा हाल कुनै काम अघि नबढेको भने पछि स्थानियले आन्दोलन स्थगित गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button