पोखरामा चोरी गरिरहेको अवस्थामा पेशेबर चोर पक्राउ

पोखरा न्यूज- १, पुष ।

पोखरामा चोरी गरिरहेको अवस्थामा प्रहरीले एकजना पेशेवर चोरलाई पक्राउ गरेको छ ।

पोखरा -१२ हस्पिटल चोकको  सुनचाँदी पसलमा चोरी गरिरहेको अबस्थामा कपिलबस्तु घर भइ पोखरा -१० शान्तिपथ बस्ने २२ बर्षिय दिपिन भनिने  ईन्द्र बहादुर थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको  छ। थापालाई शनिबार प्रहरी निरीक्षक दीपक केसीको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरीका सामानहरु सहित पक्राउ गरेको हो ।

थापा पोखराका विभिन्न सुनचाँदी पसल, किराना पसल तथा मोबाइल पसलहरुको चोरीमा संलग्न रहेको खुल्न आएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । उनि  पोखरामा विभिन्न ठाउँमा पटक पटक चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक सुवेदीले जनाए  । प्रहरीका अनुसार थापाले पछिल्लोपटक मंसिर २१ गते पोखरा ११ रानिपौवाका मोबाईल र सुनचादी पसल तथा मंसिर २४ गते पोखरा-१५ घलेचोकका दुईबटा सुनचादी पसल र एउटा किराना पसलमा चोरी गरेका थिए ।

प्रहरीले थापाको साथबाट निम्न सामानहरु बरामद गरेको जनाएको छ ।  

साथमा बरामद गरिएको :

१) चादीको कल्ली १ जोर
२) चादीको फोल्डीङ वाला १ जोर
३) चादीको चुरा १ थान
४) चादीको वाला १ थान
५) चादीको सिक्री ३ थान
६) चादीको पञ्चरत्ने वाला २ पीस
७) चादीको औठी १ थान
८) घडी १ थान,
९) मोबाईल २ थान,
१०) सानो कैची १ थान,
११) १६ GB र ८Gb को memory card १/१थान ।
१२) फलामको रड १ थान ।

कोठाबाट बरामद गरिएको:-

१) सुनको कटारी गेडी ९ पीस
२) सेतो चादीको बाला १ थान
३) चादीको पत्थरबाला औठी २ थान
४) चादीको गोलो पाउजु १ थान
५) चादीको ड्यासवाला पाउजु १ जोर

६) मोबाईल २ थान,
७) चोरी गर्न प्रयोग गर्ने फलामको हथौडा१थान,
८) हरियो विड भएको screwdriver १ थान,
९) मोमोरीकार्ड २१ पिस

पोखरामा चोरीका घटनाहरु बढेपछि प्रहरीले टोली नै खटाएर खोजतलास कार्यलाई तिब्रता दिएको बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button