पोखरा रंगशालाको फुटवल मैदान हरियो पार्न दुवो रोप्दै फुटवल संघ

डिएनबी, पोखरा न्यूज – २, पुष ।

कास्की जिल्ला फुटवल संघले पोखरा रंगशालाको फुटवल मैदानलाई हरियो पार्न पोखरा क्षेत्रका खेत वारीबाट दुवो खोज्दै फुटवल मैदानमा रोप्न थालेको छ । आउदो माघ महिनाको १५ देखि २६ गतेसम्म पोखरा मनकामना कप फुटवल प्रतियोगिता गर्ने भएपछि संघले मैदान मर्मतको क्रममा दुवो रोप्न पोखरा क्षेत्रको खेत वारीबाट दुवोको खोजि गर्दै रोप्न थालेको हो ।

पोखरा रंगशालाको फुटवल मैदानलाई अन्तराष्ट्रिय स्तरकै मैदान बनाउने उद्धेश्यले आफुहरुले विगत साँढे एक महिना देखि फुटवल मैदान मर्मत गर्न लागेको संघ कास्कीका अध्यक्ष मिलन गुरुङले पोखरा न्यूजलाई बताए । उनले भने “ पोखरा रंगशालामा हामीले समयमै संरक्षण गर्न नसक्दा हाल धेरै मेहेनत गर्नुको साथै आर्थिक भार थपिएको छ, मैदानमा हरियो दुवो रोप्नको लागि हामीले अफ सिजनमा पनि पोखरा क्षेत्रका खेत तथा वारीबाट दुवो खोज्दै फुटवल मैदानमा रोप्दै आएका छौं । ” मैदान मर्मतको क्रममा रंगशालाकै वोरिङ बाट र्दैनिक बिहान तथा बेलुका पानी हाल्नुको साथै दुवो रोप्दै, मैदानमा पागेमाटो, वालुवा , काठको धुलो, युरिया मल, कुखुराको मल, डि.ए.पी.मल हाल्दै आएको अध्यक्ष गुरुङले जनाए । मैदानमा भएको नराम्रो (बुच्का) झार उखेलेर फालेको उनले जनाए । उक्त मैदान मर्मतको लागि करिब ६ लाख खर्च लाग्ने उनले जनाए । हाल मैदानमा दैनिक जसो २० जना कामदार लगाउदै आएको उनले जनाए ।

खेल मैदान व्यबस्थापक रेफ्रि एसेसर एवं पुर्व फिफा रेफ्रि दिलिप रजकले पोखराको फुटवल मैदान मर्मत गर्न लागेका छन। उनले विगत दुई साता देखि विभिन्न मल सहितको माटो पानीको मात्र मिलायर फुटवल मैदान जमिनको लेवल समेत मिलाउदै छन । एक महिना भित्र रंगशालाको फुटवल मैदान हरियो र सवै तर्फको लेवल एकै नासको हुने उनले दाबी गरे । फुटवल मैदानमा चाईनिज दुवो भन्दा स्थानिय दुवो नै रोप्नु पर्ने उनको भनाई छ । पहिलो चरणमा हल्का दुवो उर्मीएसंगै कटिङ गरी मल राखे पछि फुटवल प्रतियोगिता हुदासम्म मैदान पुरै हरियो हुने रजकले जनाए ।

संघ कास्कीले यस पटकको प्रतियोगितामा पनि ३ विदेशी टिम सहित १२ टिम ल्याउने भएको छ । संघले यस अघि मनकामना केवलकार कपका दुई वटा संस्करण पुरा गरिसकेको छ ।

अखिल नेपाल फुटवल संघले पोखरामा विगत लामो समय देखि निरन्तर हुदै आएको आहा रारा गोल्ड कपलाई यस बर्ष पोखरा मनकामना कप सकिएको दुई दिन पछि समय तालिका दिएको छ ।
उक्त समय आफुहरुको लागि उपयुक्त नहुने भन्दै सहारा क्लवले एन्फा केन्द्रसंग पुनः समय मिलाउन माग गरेको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button