राष्ट्रिय पुरुष लिग भलिबलमा हेल्थ नेपालद्धारा पुलिस पराजित

पोखरा न्यूज –०३, पुष ।

पोखरामा जारी राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगितामा हेल्थ नेपाल स्पोर्टस् क्लवले विभागिय टोली नेपाल पुलिस क्लवलाई पराजित गरेको छ । यसअघि लगातार तीन खेलमा जित हासिल गरेको पुलिसलाई हेल्थ नेपालले पराजित गरेको हो ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा २२–२५, २०–२५, ३१–२९, २५–१९ र १५–९ को सेटमा हेल्थ नेपालले पुलिसलाइ पराजित गरेको हो । हारे पनि पुलिस क्लब १० अंक सहित शीर्ष स्थानमा रहेको छ । हेल्थ नेपालले भने ७ अंक जोडेको छ । मंगलबार भएको पहिलो खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले ढोरपाटन स्पोर्टस् क्लवलाई २५–२३, २५–२०, २५–१६ को सोझो  सेटमा पराजित गरेको हो ।

यसैगरी मंगलबार नै भएको खेलमा सशस्त्र प्रहरीको एपिएफले नेपाल आर्मीलाई पराजित गरेको छ । एपिएफले आर्मीलाई २५–२१, १८–२५, २५–२१, २०–२५ र १५–११ को सेटमा पराजित गरेको हो । नयाँबजार युवा क्लवले रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबलाई २५–१५, २५–१७ , १९–२५, २१–२५ र १५–९ को सेटमा पराजित गरेको हो ।

बुधबार पनि बिहान ८ बजे देखि लिग चरणका खेल हुने भएको राष्ट्रिय रेफ्रि गोपाल थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button