बस दुर्घटनामा एकको मृत्यु, २५ घाइते

पोखरा न्यूज –०५, पुष ।

काकडभित्ताबाट बुटवलतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

कावासोती नगरपालिकाको चालिसकिलो स्थित पूर्वपश्चिम राजमार्गमा बिहिबार बिहान ना ४ ख ७०४६ नम्बरको बस देब्रे साईडमा पल्टिई अन्दाजी २० मिटर तल खसेको थियो । दुर्घटनामा परि भारत महाराजगञ्ज बुलरिया ९ ग्राम गणेशपुरका ३५ वर्षिय गौरीशंकर धोवीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् । त्यस्तै घटनामा घाईते भएका अन्य २५ जना उपचारको लागि मध्यबिन्दु सामुदायिक अस्पताल डण्डा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button