पोखरामा साहित्यिक महोत्सव सुरु

पोखरामा सांस्कृतिक सँगै साहित्यिक पर्यटनको पनि उतिकै सम्भावना - मन्त्री अधिकारी

राज्य, प्रहरी प्रशासन कमजोर छ – पुर्व प्रधान न्यायधिश

डिएनबी, पोखरा न्यूज-७, पुष ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले पोखरामा साहित्यिक पर्यटनको समेत उतिकै सम्भावना भएको बताएका छन् । शनिबार देखि पोखराको फेवाताल किनारा बाराहीघाटमा सुरु भएको सातौं संस्करणको आइएमई नेपाल लिटरेचर फेस्टिभल (साहित्यिक महोत्सव) को उद्घाटन सत्रको अवसरमा वोल्दै मन्त्री अधिकारीले पोखरा प्रकृति र संस्कृतिको मात्र धनि नभई साहित्यिक क्षेत्रले पनि धनि भएकोले पोखरा साहित्यिक पर्यटनको सम्भावना भएको बताएका हुन।

नेपाली भाषामा लेखिएका पुस्तकले नेपाल र नेपालीको बारेमा विश्व सामु पहिचान गराएको उनले जनाए । यस फेष्टीवलले संस्कृति र साहित्यको विकास गराउने उनले विश्वास लिएका छन। साहित्यिक उत्सवले सवैमा नयाँ सृजना गर्ने उप्रेरणा दिने र पाठकलाई समेत रुचि जगाउने भएको मन्त्री अधिकारीले जनाए । कला, साहित्य, संस्कृति, सम्भताले समाज र देशको परिचय दिएको हुने मन्त्री अधिकारीले जनाए ।

साहित्यले राजनितीक परिवर्तन गराएको मन्त्री अधिकारीले बताए । उनले भने “हाम्रो देशमा साहित्यले राजनीतिक परिवर्तनमा अत्यन्त ठुलो भुमिका खेलेको छ, सायद यदि साहित्य यति सशक्त नभएको भए राजनीतिक परिवर्तन हुदैनथ्यो होला । ” साहित्य र राजनीति नङ र मासु जस्तै सम्वन्ध भएको मन्त्री अधिकारीले बताए । सन २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने सरकारलको योजनालाई यस्ता साहित्यिक महोत्सवले थप सहयोग पुग्ने उनले विश्वास लिएका छन।

पुर्व प्रधान न्यायधिश सुशीला कार्कीले महिला हिंसाका अधिकांश घटना प्रहरीमा दर्ता नभई मिलापत्र हुने गरेको आरोप लागएकी छन् । उनले भनिन“ घरेलु हिंसा, वेचविखन, तलत्कार, हत्या मात्र महिला हिंसा होईनन, महिला भएकै कारण सहभागिता र अवसरबाट बन्चित हुनु पनि महिला हिंसा हो । ”महिला हिसां बिरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने भएको उनले जनाईन। यस्तो आन्दोलन सडक देखि अदालतसम्म हुन सक्ने बताईन। सडर्क आन्दोलनकै कारण निर्मला पन्तको हत्याको साँचो अर्थमा खोजि गर्न सरकार बाध्य भएको उनले जनाईन। उनले भनिन “ निर्मला पन्तको घटनामा गरिएको सडक सघर्षकै कारण आज सरकार साचो अपराधि खोज्न बाध्य भएको छ, यो घटनाले एउटा महत्वपूर्ण यथार्थ हामी माझ ल्याईदिएको छ, त्यो हो महिला हिसां न्यूनिकरणको सन्दर्भ हाम्रो राज्य, प्रहरी, प्रशासन निकै नै कमजोर छ । दिनहूँ महिला हिंसाका घटना सार्वजनिक हुने गरेको बताउदै पुर्व न्यायधिश कार्कीले महिला हिंसाका घटना बढुदो अस्थामा रहेको दाबी गरिन । देशलाई दण्डहिनतलाई सम्वोधन गर्नु पर्छ । महिला हिंसाका घटना मुद्धामा परेर अनुसन्धान सुरु भएसंर्गै विग्रिने गरेको पुर्व न्यायधिश कार्कीले जनाइन। उनले भनिन “मुद्धा अदालतमा पुगे पनि राम्रा न्यायधिशको हातमा नपरे न्याय पाउन कठिन हुन्छ, महिला हिंसाका अधिकाशं घटनामा दण्डहिनता हुने गरेको पाइएको छ । ”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले साहित्यिक महोत्सव पोखराको पर्यटनको नयाँ प्रोडक्टको रुपमा रहेको जनाए । शिक्षाविद जर्ज जोन र डा. इलियामा जोनको बारेमा चर्चा गर्दै साहित्यकार सरुभक्त श्रेष्ठले पोखरा कला, संस्कृति र साहित्यको धनि भएकोले यसको संरक्षणमा सबै लाग्नु पर्ने बताए । आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले साहित्यिक क्षेत्रबाट नेपालको पहिचान हुने भएकोले आफुहरुले सहकार्य गरेको बताए ।

पुष १० गतेसम्म चल्ने उक्त फेष्टीवलको शिक्षाविद जर्ज जोन र डा. इलियामा जोनले गरेका हुन। कार्यक्रममा बोल्दै शिक्षाविद जर्ज जोनले आफुहरुको अधिकाशं समय पोखरामा शिक्षा क्षेत्रमा विताएकोले पोखरा क्षेत्रबाट सबै भन्दा धेरै माया पाउने गरेको बताए ।

बुकवर्म फाउण्डेसन ¥याण्डम रिडर्स सोसाईटको आयोजनामा पोखरामा उक्त महोत्सव भएको महोत्सव संयोजक निरज भारीले बताए । उनका अनुसार उक्त महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लेखक, साहित्यकार, पत्रकारको एकै थलोमा भेला भएकाछन। यसैबिच, बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’को ग्लोबल लन्च उक्त फेस्टिभलमा विमोचन भएको छ ।

पेनगुइनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको नेपाली अनुवाद फाइनप्रिन्टबाट भएको हो। कोइरालाले आफूलाई क्यान्सर लागिसकेपछि भएको दुःख र अनौठो किसिमको अनुभूतिलाई पुस्तकमा समेटेको बताइन् । साथै क्यान्सर भइसकेपछि आफ्नो जीवन कसरी अघि बढिरहेको छ भन्नेसमेत पुस्तकमा उल्लेख रहेको उनको भनाइ छ । ‘क्यान्सर लागेपछि पाएको पुनर्जीवनबारेको अनुभव मैले सबैसमक्ष सेयर गर्नुपर्छ भनेर पुस्तक लेखेकी हुुँ । यो पुस्तक नेपाली भाषामा फाइनप्रिन्टले प्रकाशन गर्दै छ । यसमा म अति खुसी छु,’ उनले भनिन् । उपचारका क्रममा आफूलाई मानसिक एवम् शारीरिक रुपमा कसरी बलियो राखें भन्ने कुरा पनि पुस्तकमा समेटिएको उनले बताइन् । अभिनेत्री कोइरालासंग महानायक राजेश हमालले कुराकानी गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button