पोखरा २७ मा भिरबाट लडेर युवकको मृत्यु

पोखरा महानगर २७ छत्रे ढुङगामा भिरबाट लडेर सोमबार एक युवकको ज्यान गएको छ ।

पोखरा घुम्न आएका नवलपरासीका १७ बर्षिय सुजन गोले तामाङको छत्रे ढुङगाको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोर्खा भिलेज घुमेर फर्कने क्रममा भिरबाट खसेर घाइते भएका तामाङलाई उपचारको लागी पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरा लगिएकोमा डाक्टरले करिव ३ बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button