कास्की र स्याङजामा यस बर्ष सुन्तला उत्पादनमा बृद्धि

यस बर्ष कास्कीमा ४ प्रतिशत र स्याङजामा ७ प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको छ ।

कास्कीमा यस बर्ष सुन्तला उत्पादनमा गत बर्षको तुलनामा ३.५४ प्रतिशत अर्थात २ सय २२ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङजाका वागवानी विकास अधिकृत संदीप सुवेदीले बताए । उनका अनुसार स्याङजामा गत बर्षको तुलनामा ७.३६ प्रतिशत अर्थात १ हजार ४ मेट्रिक
टन बढी सुन्तला उत्पादन भएको हो ।

गत बर्ष स्याङजामा १ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको थियो भने प्रति हेक्टर १०.९ मेट्रिक टन सुन्तलाको उत्पादकत्व रहेको थियो । गत बर्ष स्याङजामा १३ हजार ६ सय २५ मेटिक्टन सुन्तला उत्पादन भएको थियो भने यस बर्ष १४ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको सुवेदीले जनाए । स्याङजामा २ हजार ६८ हेक्टर क्षेत्रफल बगैचाले ढाकेको छ भने १ हजार २ सय ४० हेक्टर उत्पादकत्व क्षेत्र रहेको छ । स्याङजामा ११.७९ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको बताईन्छ ।

त्यसै गरी कास्कीमा गत बर्ष ८ सय १४ हेक्टरमा सुन्तला उप्पादन भएको थियो भने ७.७ मेट्रिक टन प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । कास्कीमा गत बर्ष ६ हजार २ सय ६७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो यस बर्ष कास्कीमा ६ हजार ४ सय ८९ मेट्रिक टन सुन्तला उत्पादन भएको वागवानी विकास अधिकृत सुवेदीले बताए ।

गत आर्थिक बर्ष भन्दा चालु आर्थिक बर्षमा कास्की र स्याङजामा गरी ६ प्रतिशतले सुन्तला उत्पादनमा बृद्धि भएको वागवानी विकास अधिकृत सुवेदीले बताए । गत बर्ष कास्की र स्याङजामा गरी जम्मा १९ हजार ८ सय ९३ मेट्रिक्टन सुन्तला उत्पादन भएकोमा यस बर्ष भने २१ हजार १ सय ९ मेट्रिक्टन सुन्तला उत्पादन भएको उनले बताए । यस बर्ष ६ प्रतिशतले अर्थात १ हजार २ सय १६ मेट्रिक्टन सुन्तला उत्पादन भएको वागवानी विकास अधिकृत सुवेदीले जनाए । सुन्तला लगाउने क्षेत्रफल घटे पनि सुन्तलाको उत्पादकत्वमा भने बृद्धि भएको उनले बताए । प्रविधिको प्रयोग, उचित गोडमेल तथा जल मलको व्यबस्थापन गरेको हुनाले सुन्तला उत्पादनमा बृद्धि भएको वागवानी विकास अधिकृत सुवेदीले जनाए ।

जिल्ला कृषि विकास कार्यालय हटेसँगै कास्की र स्याङजाको क्षेत्र हेर्ने गरी स्याङजामा कृषि ज्ञान केन्द्र स्थापन भएको हो । पोखरा महानगरपालिका २२ पुम्दी भुम्दी, माछापुच्छ्रे भ्यू प्वाईन्टका एक कृषक लिलाधर पौडेलले यस बर्ष गत वर्षको तुलनामा दोब्बरले सुन्तला उत्पादन गर्न सफल भएका छन। उनले गत बर्ष मुस्किलले एक लाख ५० हजार सुन्तलाबाट आम्दानी गर्न सफल भएकोमा यस बर्ष भने दोब्बरले ३ लाख रुपैया आम्दानी गर्न सफल भएका हुन् । उनको बारीमा सुन्तला मात्र उत्पादन हुदैन सुन्तला उत्पादन गर्ने कृषकलाई सुन्तलाका विरुवा समेत विक्रि गर्दै आएका छन्। गत बर्षको ७ हजार सुन्तलाको विरुवा बिक्रि गरेका उनले यस बर्षको जेठ असारमा भने १२ हजार सुन्तलाका विरुवा बिक्रि गर्ने योजनामा रहेका छन् ।

स्याङजा स्वेरक भन्ज्याङ का एक कृषक सोभाकान्त पाण्डेले पनि यस बर्ष गत बर्षको तुलनामा केहि बढी सुन्तला उत्पादन गर्न सफल भएका छन। उनले गत बर्ष २ लाख २० हजार मुल्य बराबरको सुन्तला विक्रि गरे पनि यस बर्ष भने २ लाख ५० हजार आम्दानी गर्न सफल भएको जनाए । यस बर्ष बर्खायाममा आवश्यकता अनुसार पानी परेको र असिना खासै नपरेकोले सुन्तला उत्पादनमा केहि बृद्धि भएको उनले जनाए । यस बर्ष भने करिब १५-२० दिन ढिलो गरी सुन्तला पाकेको सुन्तला कृषक पाण्डेले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button