पोखरा बिजयपुर खोलामा एक व्यक्ति मृत फेला

पोखरा न्यूज – १०, पुष ।
पोखरा -२६ बिजयपुर खोलाको किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

ओखलढुङगा बर्नालु गाउँपालिका ४ – घर भई पोखरा -२६ खलतारा बस्दै आएका २८ बर्षिय बाबुजा श्रेष्ठ मंगलबार खोला किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

श्रेष्ठ सोमबार राति करिव ११ बजेबाट हराएकोमा खोजतलाश गर्ने क्रममा मंगलबार दिउसो करिव १:३० बजेको समयमा विजयपुर खोला किनार पानीमा मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले बताए ।

श्रेष्ठको शवलाई पोष्टमार्टमको लागि अस्पताल पठाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button