पोखरा सडक महोत्सबमा मुल्यबृद्धि हुन्छ – रेवान

उच्च अदालत पोखराद्वारा आतिसबाजी नगर्न अन्तरिम आदेश जारी, तयारीमा आयोजक

पोखरा न्यूज- ११, पुष । पोखरामा शुक्रबारदेखि २० औ संस्करणको पोखरा सडक महोत्सब सुरु हुदैछ ।

अंग्रेजी नयाँ बर्ष मनाउने हेतुले रेवान पोखराले बर्षेनी यहि समयमा आयोजना गर्ने महोत्सबको यो संस्करणको तयारी पुरा भएको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पोखराको लेकसाइड स्थित करिव ३ किलोमिटर सडक क्षेत्रमा संचालन हुने महोत्सबमा बिभिन्न प्रकारका खानका परिकारको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने रेवान पोखराका अध्यक्ष एवंम् महोत्सब संयोजक भीमसेन भुजेलले जानकारी दिए ।

सडक महोत्सवमा केही बर्ष अघि देखि महोत्सव अवधिमा होटलका रुममा बिषेश छुट दिने घोषणा गरे पनि दोब्बर तेब्बरसम्म मुल्य अशुल्ने गरेका व्यवसायीले यस पाली पनि मुल्य बृद्धि गर्ने बताएका छन। पत्रकार सम्मेलनमै महोत्सवका प्रमोशनल टुर संयोजक सुर्य बहादुर भुजेलले यस पाली पनि होटलको रुममा बृद्धि हुने दाबी गरेका हुन। उनले महोत्सवका बेला हुने मुल्यबृद्धि सामान्य भएको समेत बताए ।

नेपाल पर्यटन बोर्ड प्रवर्द्धक रहेको महोत्सबमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि नयाँ बर्षको स्वागतका लागि भन्दै आतिसबाजी गर्ने तयारी भएको आयोजकले बताएको छ । बिगतका बर्षहरुमा बिरोधका बाबजुद आतिसबाजी गर्दै आएको रेवानले यसबर्ष पनि निरन्तरता दिने बताएको छ । आतिसबाजीलाई महोत्सबको शानको रुपमा लिदै आएको रेवानले आतिसबाजीका रुपमा प्रयोग हुने विष्फोटक पदार्थ सुरक्षाका हिसाबले सम्बेदनशील हुदाहुदै पनि दर्शकको चाहना अनुसार आफुहरुले ओसारपसार गर्ने गरेको बताएको छ । आतिसबाजीको बिरोध भइरहेकोमा यसपटक आतिसबाजी हुन्छ कि हुन्न भन्ने संचारकर्मीको प्रश्नमा रेवान पोखराका पुर्व अध्यक्ष एवं महोत्सवका प्रमोशनल टुर संयोजक सुर्य बहादुर भुजेलले आतिसबाजी गर्नुपर्ने बताए ।

 

मुटु काम्नेहरुले बिरोध गरेर फरक नपर्ने स्पटोक्ति

सडक महोत्सबमा आतिसबाजी गर्नहुन्न भनेर कमजोर मुटु भएकाहरुले बिरोध गर्ने गरेको भन्दै भुजेलले व्यंग्य समेत समेत गरेका छन् । उनले भने – “आतिसबाजी गर्यो भने माछाको कान फुट्छ, जंगलको चरा उड्छ भनेर मुटु काम्नेहरुले बिरोध गरेका छन् त्यसले हामीलाई केहि फरक पर्दैन ।” आतिसबाजी हेर्नकै लागि भनेर हजारौ दर्शक महोत्सबमा आउनेगरेको दाबी गर्दै उनले आतिसबाजी गर्न पाउनुपर्ने जिकिर गरे । “पोखरा सडक महोत्सब अव पोखराको भईसक्यो बिरोध गर्नेले सुत्न पाइन् भनेर पनि गर्छन समर्थन गर्ने र रमाइलो गर्नेले सबै ठिक छ पनि भन्छन यसले केहि फरक पर्दैन” – भुजेलले थपे । न्यायालयले नगर नै भन्यो भने सोच्ने तर आफुहरु भने आतिसबाजी गर्ने तयारीमै रहेको उनले उल्लेख गरे ।

५० प्रतिशतसम्म मूल्य वृद्धि सामान्य भएको दावी

सडक महोत्सबमा बर्षेनी पाहुनाहरु ठगिएको गुनासो आउछ नि भन्ने पत्रकारको जिज्ञासामा भुजेलले रेवान सम्बद्ध रेस्टुरेन्ट र हान सम्बद्ध होटलले नठगेको दाबी गर्दै त्यस बाहेकका व्यावसायिले ठगेको गुनासो आफुले पनि सुनेको भन्दै आफुहरुको बचाउ गरे । महोत्सवका बेलामा सबैको अनुगमन गर्न नसकिने भन्दै उनले ५० प्रतिशतसम्म मूल्य वृद्धि सामान्य भएको जिकिर समेत गरे । “हामीले हामी सम्बद्ध रेस्टुरेन्टलाई मेनुमा १५ प्रतिशत छुट दिन भनेका छौ, मेला महोत्सब भएपछि फाइदा लिन खोज्ने पनि हुन्छन्, महोत्सवका बेला केहि मूल्य बढ्नु सामान्य हो ”- भुजेलले थपे । महोत्सबको बेलामा पोखराका होटल तथा रेस्टुरेन्टमा १ सय देखी ४ सय प्रतिशत सम्म मूल्य वृद्धि हुने गरेको पाहुनाहरुले गुनासो गर्दै आएको संचारकर्मीले उल्लेख गरेका थिए ।

सबैलाई आ-आफ्नो साधन घरमै राखेर आउन आग्रह

भुजेलले महोत्सब स्थल वरपरको ठाउँमा सवारी जाम अत्याधिक हुने भन्दै सबैलाई आ-आफ्नो साधन घरमै राखेर आउन आग्रह समेत गरेका छन् । “हामीले पोखरा आउने मुख्य मुख्य ठाउँबाट सार्वजनिक सवारीसाधनको व्यवस्था गरेका छौ, नियमित दरको भाडा तिरेर महोत्सब स्थल आउन सक्नुहुन्छ” – भुजेलले भने । महोत्सब अवधिभर रातिको समयमा समेत सार्वजनिक सवारी संचालन हुने उनले दाबी गरे ।

कर कार्यालयले अव्यवहारिक कर लगाएर त्यतिकै फाइल उठाएको आरोप

रेवानले आम्दानी खर्चको हिसाब सार्वजनिक गर्ने नगरेको तथा अपारदर्शी हिसाबले काम गर्ने गरेको छ भनिन्छ नि भन्ने संचारकर्मीको प्रश्नको जवाफमा रेवानका महासचिब गणेश बहादुर थापाले आफुहरुले महोत्सबमा हुने सबै खर्चको बिल देखाउन नसक्ने बताए । “हामीले आमासमुह, सांस्कृतिक कार्यक्रम लगायतका केहि शीर्षकको बिल देखाउन सक्दैनौ तर हामीले छलकपट गरेका छैनौ“ – थापाले भने । गत बर्ष अनियमितता गरेको भनि कर कार्यालयले छापा हानि कारवाही गर्यो नि, भने अर्को प्रश्नमा थापाले कर कार्यालयले अव्यवहारिक कर लगाएर त्यतिकै फाइल उठाएको आरोप लगाए । आफुहरुले कुनै हिनामिना नगरेको र उठेको पैसाको केहि रकम सामजिक कार्यमा खर्चदै आएको उनले दाबी गरे । कर कार्यालयले प्रश्न माथि प्रश्न तेसारे पछी आफुहरुले उत्तर दिन नसकेर जरिवाना तिर्नुपरेको थापाले कथन गरे ।

महोत्सबमा पाकिस्तान र भारतको सांस्कृतिक टोली

महोत्सबको अवसरमा पाकिस्तान र भारत गरि दुइ देशको टोलीको सांस्कृतिक प्रदर्शनी रहने महोत्सवका सांस्कृतिक संयोजक एबम पुर्व अध्यक्ष समेत रहेका चौ बहादुर गुरुङले बताए । “नवलपुरको थारु संस्कृतिको टोली, किराती सांस्कृतिक टोली लगायत पाकिस्तान र भारतबाट एउटा एउटा सांस्कृतिक समूहको महोत्सबमा प्रस्तुति रहन्छ” – गुरुङले भने । फरक फरक सांस्कृतिक टोलीहरुलाई महोत्सबमा निम्ता गरिएको गुरुङले बताए । पुष १३ गतेबाट शुरु हुने महोत्सब १७ गते सकिनेछ ।

 

नेपालीहरको महान चाड दीपावलीमा पटका, आतिसबाजी गर्न प्रहरी प्रशासनले रोक लगाउने तर एउटा सस्थाले बिदेशीको नयाँ बर्ष भन्दै मध्यरातमा जंगलको छेउमा जीवजन्तु तथा मानब स्वास्थमा समेत असर पर्ने गरि चर्को आवाजमा आतिसबाजी गर्दा समेत पुलिस प्रशासन मौन बस्ने गरेको आरोप सामाजिक अभियन्ताहरुले लगाउदै आएका छन् ।

उच्च अदालत पोखराद्वारा आतिसबाजी नगर्न अन्तरिम आदेश जारी

यसैबिच उच्च अदालत पोखराले सडक महोत्सव अन्तर्गत नयाँ बर्षमा पटाका आतिसबाजी नपड्काउनु , पड्काउनु नदिनू भनी बिहिबारै अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पोखराका न्यायाधीश रामचन्द्र यादब र नरबहादुर शाहीको इजलासले यस्तो परमादेश जारी गरेको हो ।

सम्पदा एवं पर्यावरण संरक्षण र समग्र प्राणी जगतको भलाइका लागि भन्दै राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, नेपालको तर्फवाट नागरिक अभियन्ता राम बहादुर पौडेलले रेवान पोखरा, पोखरा पर्यटन परिषद, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, पोखरा उपत्यका नगर विकास समिति, पोखरा महानगरपालिका लगायतका संघ सस्थालाई बिपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

उच्च अदालत पोखराको परमादेश पछि पोखरा न्युज सँग कुरा गर्दै नागरिक अभियन्ता पौडेलले आफुहरु आर्थिक लाभ, पुरस्कार, सम्मान, पदक र शक्तिकेन्द्र बन्नका लागि नभइ दण्डहीनताको अन्त्य, विधिको शासन, सामाजिक न्याय, सम्पदा एवं पर्यावरण संरक्षण र समग्र प्राणी जगतको भलाइका लागि अदालतको शरणमा पुगेको बताउदै अदालतको निर्णय समुर्ण पोखरेलीको हितमा भएको भन्दै खुसि ब्यक्त गरे ।

सरकारी निकाय र स्थानीय सरकारले गर्नुपर्ने दायित्व पूरा नगरी गर्न नहुने क्रियाकलाप मात्रै गर्न दिंदै आएकोमा आफुहरुको गम्भीर आपत्ति रहेको भन्दै पौडेलले नागरिकको हितको लागि आफुहरुको अभियान कहिल्लै नटुंगिने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button