पोखरामा ११ महिनामा हवाईमार्ग हुदै १ लाख ६५ हजार पर्यटक

डिएनबी, पोखरा न्यूज – १२, पुष ।

नेपालमा १० लाख पर्यटक भित्रिएको तथ्याङक सार्वजनिक भएसंगै पोखरामा पनि गत
बर्षको तुलनामा यस बर्ष पर्यटक आगमनमा बृद्धि भएको पाइएको छ ।

पोखरामा व्यबस्थित ढंगले पर्यटकको अभिलेख तथा तथ्याङक राख्नेगरी हालसम्म कुनै निकायले काम गर्न नसकेको अबस्थामा हवाई मार्ग हुदै पोखरा आउने पर्यटकहरुको तथ्याङक राखेको पोखरा विमानस्थल कार्यालयले पोखरामा यस बर्ष पर्यटक आगमनमा बृद्धि भएको जनाएको हो ।

गत बर्षको तुलनामा यस बर्षको ११ महिनामै पोखरा आगमनमा १२ प्रतिशतले पर्यटकको सङख्यामा बृद्धि भएको नागरिक उडड्यन कार्यालय पोखराका सूचना अधिकारी काशीनाथ पौडेलले पोखरा न्यूजलाई बताए । उनका अनुसार गत बर्षको तुलनामा यस अग्रेंजी बर्षको ११ महिनामा ११.७८ प्रतिशत अर्थात १९ हजार ४ सय ६२ जना पर्यटक पोखरा आएका हुन् । यस बर्षको ११ महिनामा भने ३ लाख ८६ हजार ८ सय ५५ जना पर्यटकहरु हवाई उडानबाट पोखरा आवतजावत गरेको उनले जनाए ।

गत बर्षको अक्टुवर एकै महिनामा २८ हजार ६ सय ४७ जना विदेशी पर्यटक पोखरामा हवाई उडानबाट आवतजावत गरेका थिए भने गत बर्षको जुलाईमा ४ हजार ९ सय ५१ जना विदेशी पर्यटक पोखरामा हवाई उडानबाट आवतजावत गरेका थिए । यस बर्षको अक्टुवरमा भने २९ हजार ६ सय २९ जना विदेशी पर्यटक पोखरामा हवाई उडानबाट आवतजावत गरेका छन भने यस बर्षको जुलाईमा भने ४ हजार ६ सय ७९ जना विदेशी पर्यटकले पोखरामा हवाई उडानबाट ओहोर दोहोर गरेका हुन।

सन् २०१७ मा हवाई मार्ग हुदै पोखरामा १ लाख ४५ हजार ६ सय ४५ जना पर्यटकहरु आवतजावत गरेका थिए । त्यसै गरी यस बर्षको ११ महिना जनवरी देखि नोवेम्वरसम्म एक लाख ६५ हजार १ सय ७ जना पर्यटकहरु विमानबाट पोखरा भित्रिने तथा बाहिरिने गरेका हुन। सन २०१७ मा ३२ हजार १ सय ८ वटा हवाइई फ्लाईट भएको थियो भने यस बर्षको ११ महिनामै पोखरा विमानथलबाट ३८ हजार ६ सय ३५ वटा हवाई उडान भएको नागरिक उडड्यन कार्यालय पोखराले जनाएको छ ।

गत बर्ष उक्त सङख्यामा हवाई उडान हुदा ४ लाख २९ हजार ८ सय ३५ जना विदेशी तथा स्वदेशी पर्यटकहरुले हवाई उडानबाट पोखरामा भित्रिने तथा बाहिरिने गरेका थिए । त्यसै गरी यस बर्षको ११ महिनामा भने ५ लाख ५१ हजार ९ सय ६२ जना विदेशी तथा स्वदेशी पर्यटक हवाई उडानबाट पोखरामा भित्रिने तथा बाहिरिने गरेको कार्यालयले दिएको तथ्याङकमा उल्लेख छ । गत बर्षको तुलनामा यस बर्षको ११ महिनामा पोखरा भित्रिने तथा बाहिरिन विदेशी तथा स्वदेशी पर्यटक २२ प्रतिशत अर्थात १ लाख २२ हजार १ सय २७ जना बृद्धि भएको छ ।

गत बर्षको तुलनामा यस बर्षको ११ महिनामा १७ प्रतिशत अर्थात ६ हजार ५ सय २७ वटा बढी हवाई उडान भएको हो । गत बर्षको तुलनामा २६.५ प्रतिशत अर्थात १ लाख २ हजार ६ सय ६५ जना स्वदेशी पर्यटकले पोखरा विमानस्थलमा ओहोर दोहोर गरेका छन। गत बर्ष २ लाख ८४ हजार १ सय ९० जना स्वदेशी पर्यटकले हवाई उडानबाट पोखरा ओहोर दोहोर गरेकाछन।

बुद्ध एयर, यति एयरलायन्स, सिम्रिक एयर, तारा एयर, नेपाल एयरलायन्सले पोखरा काठमाण्डौं, काठमाण्डौं पोखरा, पोखरा चितवन, चितवन पोखरा, पोखरा भैरहवा, भैरहवा पोखरा, पोखरा जोमसोम, जोमसोम पोखरा लगायतका ठाँउमा हवाई उडान गर्दै आएकाछन। पोखरामा पर्यटकलाई लक्षित गरी दृश्यावलोकनको लागि हेलिकोप्टर तथा अल्ट्रालाईट समेत संचालन हुने गरेका छन।

नेपाल पर्यटन वोर्डले यस आर्थिक बर्ष सन २०१८ को ११ महिनामा १० लाख पर्यटक भित्रिएको दाबी गरी राख्दा पोखरामा पनि पर्यटकको सङख्यामा बृद्धि भए पनि हवाई उडान बाहेक सडकमार्ग हुदै पोखरा आउने तथा पैदलबाट पोखरा भित्रिने पर्यटकहरुको तथ्याङक राख्न नसक्दा पोखरामा कति पर्यटक आउछन भनि हचुवाको भरमा भन्ने गरिन्छ ।

नेपालमा आउने विदेशी पर्यटक मध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आउने अनुमान गरिदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button