फौजदारी ऐनलाई घरदैलोमा पुर्याउनुपर्ने

पोखरा न्यूज- १६, पुष ।

मुलुकी देवानी तथा फौजदारी संहिता ऐनको विषयमा घरदैलौमा सचेतना गर्नुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । विसं २०७४ भदौ १ गतेदेखि लागू भएको “मुलुकी देवानी-फौजदारी संहिता ऐन २०७४ कार्यविधि” सम्बन्धमा पोखरामा आज शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ९सङ्कल्प गण्डकी प्रदेशद्वारा आयोजित सो गोष्ठीमा वक्ताले सो विषयमा जोड दिएका हुन् ।

सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोग पोखराका निर्देशक दीपकजङ्ग कार्कीले अपराधसंहिता राम्रो रहेको र यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको भए पनि समाजमा अपराध हुन नदिनका लागि सचेत रहनुपर्ने आवश्यकतामाथि प्रकाश पारे ।

अनौपचारिक सेवा केन्द्र ९इन्सेक०का गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले नियम कानूनको विषयमा जानकारी नहुँदा फाइदा लिन नसक्ने भएकाले मुलुकी देवानी तथा फौजदारी ऐनको विषयमा जानकारी हुनुपर्ने विषयमा जोड दिए ।

सो संस्था सङ्कल्पका अध्यक्ष सावित्री खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुर्गा न्यौपाने, पार्वती कार्की, सगुन गुरुङ, पत्रकार भीमबहादुर थापा, इन्दिरा पौडेल, सरस्वती हरिजनले महिला हक अधिकारका साथै ऐनको कार्यान्वयन लगायतका विषयमा चर्चा गरे ।

उक्त गोष्ठीमा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट निर्वाचित महिला सदस्यका साथै महिला अधिकारवादी संस्थाका सदस्यको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button