पोखरा आउदै गरेको बस तनहुँमा दुर्घटना हुँदा १० घाइते

पोखरा न्यूज- १७, पुष ।

पोखरा तर्फ  आउदै गरेको गरेको बस तनहुँमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

चितवनबाट पोखरा तर्फ आउदै गरेको बा १ प १०४६ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका ४ भुलभुलेमा दुर्घटना हुँदा २ जना कोरीयन नागरिक सहित १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिए । पुरीका अनुसार  घाइतेहरको जिपि कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको छ ।

बिपरित दिशाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा बस दुघटना भएको बताइएको छ ।

बस चालकलाई नियन्त्रणमा लिएको र  घटनाको विषयमा थप अनुसन्धान भइरहेको
प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button