पोखरामा युवतीलाई जवरजस्ती करणी प्रयास गर्ने एक भारतीय पक्राउ

पोखरा न्यूज-२२, पौष ।

प्रहरीले पोखरामा आइतवार युवतीलाई जवरजस्ती करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जवरजस्ती करणी उद्योगमा  भारत घर भई पोखरा – ८ सिर्जनाचोक  बस्ने २५ बर्षिय  जाफुरलाल हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ ।

पोखरा – १७ सांग्रिलामार्गमा  निर्माणाधिन घरमा ज्यामी काम गर्ने एक युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको आरोपमा हुसेनलाई  पक्राउ गरिएको प्रदेश ४ प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

पुरीका अनुसार निर्माणाधिन सोही घरमा  ज्यामी काम गर्ने हुसेनले युवतीलाई जवरजस्ती करणी प्रयास गरेका हुन् ।

प्रहरीले आरोपित हुसेनलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button