पोखरामा जापानको कोमागाने शहरका उपप्रमुख र विद्यार्थीलाई स्वागत

पोखरा न्यूज-२२, पौष ।

पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका उपप्रमुख र विद्यार्थीहरुको टोलीलाई पोखरामा स्वागत गरिएको छ ।

कोमागाने शहरका उपप्रमुख मासारु होरी उचीको नेतृत्वमा आएको १६ सदस्यीय टोलीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् । टोलीमा उपप्रमुख सहित विद्यार्थी र शिक्षकहरु रहेका छन् । उपप्रमुख गुरुङले होरीउचीलाई पोखराको चिनोको रुपमा भाग्रा लगाइदिएकी थिईन् ।

स्वागत कार्यक्रममा बोल्दै गुरुङले कोमागाने पोखरा बिच भगिनीसम्वन्ध स्थापना भएको १८ वर्ष बितेको बताउदै उपप्रमुख र विद्यार्थी सहितको भ्रमणले सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास ब्यक्त गरिन् । भ्रमणले दुई शहरको सांस्कृतिक र शैक्षिक विकास बारे अनुभब आदान प्रदानमा सहयोग पुग्ने बताइन् । उनले कोमागानेका विद्यार्थी मात्रै नभएर यहाँका विद्यार्थीहरु पनि जाने अवस्था भए विकास, प्रविधि र शिक्षाका बारेमा सिक्ने अवर मिल्ने बताइन् ।

कोमागाने शहरका उपप्रमुख मासारु होरीउचीले आफु पहिलो पटक नेपाल आएको बताउदै आफुहरुको भ्रमणले दुई शहरवीचको सम्वन्धलाई अझै बलियो बनाउदै सहयोग आदान प्रदानमा सहजता हुने बताए । कार्यक्रममा पोखरा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले पोखरा सुन्दर शहर भएको बताउदै भ्रमण सुखद र सफल रहोस भन्ने कामना गरे ।

पोखरा कोमागाने नागरिक मैत्री एसोसियसनका अध्यक्ष शारदा मोहन काफलले जापानबाट आएका विद्यार्थीहरुलाई तीन दिनसम्म होमस्टेमा राखिने बताए । उनीहरुलाई यहाँको मौलिक अवस्थाको जानकारी गराउने उद्देश्यले घरघरमा राख्ने ब्यवस्ता गरिएको बताए ।

कार्यक्रममा महानगरका सरसफाई शाखा प्रमुख कल्पना बराल र सविता ढुङगानाले बोलेका थिए । टोली तीन दिनसम्म पोखरामा बस्ने र यहाँका पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
पोखरा महानगरका उपप्रमुखलाई मायाको चिनो प्रदान गदै जापानको कोमागाने शहरका उपप्रमुख मासारु होरी उची ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button