स्याङजाको सुन्तला बारी होमस्टेमा ५० प्रतिशत गाउँका घरमा होमस्टे

डिएनबी पोखरा न्यूज-२२, पौष ।

सायद जो कोहि पनि यति बेला स्याङजाको ४, खाल्टेमा पुगे भने आनन्दसंग सुन्तला बारीमा सुन्तला खान र तस्बिर लिन पछि पर्दैनन होला । गाँउको पर्यटन प्रबद्र्धनमा सुन्तला बारीले छुट्टै पहिचान बनाएको छ भने सुन्तला बारी घरवास कार्यक्रम (होमस्टे) ले थप गाउँ पर्यटन प्रबद्र्धनमा टेवा पुराएको स्थानिय बताउछन् ।

हाल १५ घरमा ३५ जना क्षेमताको होमस्टे संचालनमा आएको सुन्तलावारी सामुदायिक होमस्टेका अध्यक्ष क्या.डिलबिक्रम गुरुङले बताए । उनका अनुसार गााँउका करिब ५० प्रतिशत जसो घरमा होमस्टे संचालन भएको छ । २०७० साल देखि व्यवसायीक रुपमा होमस्टे संचालनमा ल्याएका स्थानियले आगन्तुक पाहुनाहरुको लागि हाल एक रात बसी, खाना, खाजा सहितको लागि एक हजार रुपैया शुल्क लिने गरेको अध्यक्ष क्या.डिलबिक्रम गुरुङले बताए । उनले भने “ हाम्रो गाँउ एक पर्यटकीय गाँउ हो, यहाँ सुन्तलाबारी, सहासिक खेल क्यानोनिङ, कान्छी मनकामना भ्यूटावर, कोल्मा डाँडाँ, गुफा, हाईड्रोलिक रमपम, यहाँ गुरुङ समुदायको कला संस्कृति, अर्गानिक खानाको परिकार लगायतका रहेका छन ।”वालिङको तिरासीबजार देखि उत्तरपुर्व ७ किलोमिटरको दुरीमा उक्त होमस्टे रहेको छ ।

स्थानिय आमा समुहका अध्यक्ष डिल कुमारी गुरुङले सुन्तलाबारी होमस्टेमा आउने पाहुनालाई आफ्नो खेतबारीमा उत्पादन गरेको अर्गानिक खानपिन सहित, कौडा, सोरठी, घाँटु, दोहोरी लगायतका कार्यक्रमबाट मनोरन्जन दिलाइने बताईन।

आगन्तुक पाहुनलाई आफुहरुले मुख्य गेटबाट फुलमालाले स्वागत गरी, निमार्णाधिन अबस्थामा रहेको सामुदायिक भवनमा लगि सिजन अनुसारको खाजा-नास्ता दिने गरेको अध्यक्ष गुरुङले जनाए । त्यसै गरी बेलुका विभिन्न घर घरमा पाहुनालाई खाना खुवाउने र घर घरमै उनीहरुलाई बासको व्यवस्था गरिन्छ भने बेलुका स्थानिय लोक संस्कृति कार्यक्रम समेत प्रस्तुत गर्ने गरिछ साथै बिहानको चिया, नास्तासम्मको लागि पनि एक हजार भित्र नै गर्न लागिएको उनले जनाए ।

उक्त क्षेत्रमा २ ब्राहमण, ३० गुरुङ सहित ३२ घर परिवार रहेका छन्। विगत ५ बर्ष देखि संचालन आएको होमस्टेल आफुहरुको आय-आर्जनमा थोरै भए पनि सहयोग पुर्याएको होमस्टेका संस्थापक सचिव शेर बहादुर गुरुङले बताए । होमस्टे संचालन भएसंगै विकास निमार्णका कार्य पनि हुन थालेको उनले जनाए । होमस्टेले सडक निमार्ण र मर्मत, त्यहाँको बसाई सराईलाई रोकेको संस्थापक सचिव गुरुङले जनाए ।

यसैबिच, नेपाल लाईफ इन्स्यूरेन्स कर्पोरेशन (नेपाल) लि.का अभिकर्ताको एक टोली सुन्तलाबारी होमस्टेमा पुगेको थिए । पोखरा र स्याङजा क्षेत्रका उत्कृष्ट अभिकर्ताहरुको सामुहिक रुपमा २५ जनाको एक टोली शुक्रबार सुन्तलाबारी होमस्टेमा गएको एल.आई.सी.नेपाल पोखरा शाखाका एजेन्सि म्यानेजर गोविन्द खड्काले बताए । एल.आई.सी. पोखरा शाखाका प्रमुख गिरीराज घिमिरे, वालिङ शाखा प्रमुख निर्दोष वाग्ले, बिमा अभिकर्ता संघ एल.आई.सी. नेपाल पोखरा शाखाका अध्यक्ष रुक बहादुर गुरुङ, पोखराका एजेन्सि म्यानेजर सुशिल ढुंगना लगायतको टोली होमस्टेमा सहभागि भएका हुन् । उक्त होमस्टेमा हाल घर-घरमै सुन्तला फलेर होमस्टेको थप आकषर्ण बढाएको टोलीमा सहभागि एक अभिकर्ता नवराज क्षत्रीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button