पोखरामा भ्रष्टाचार विरोधी अभियान

पोखरा न्यूज- २३, पुष ।

नेपाल विद्यार्थी संघका विद्यार्थीले पोखरामा सोमबार भ्रष्टाचार विरोधी अभियान संचालन गरेका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसबाट शुरु भएको अभियान सोमबार वीपी चोक, शहिदचोक, एयरपोर्ट, तालचोक र पोखरा विश्वविद्यालयमा संचालन गरियो । ती स्थानहरुमा सरकारको विरोध गर्दै भ्रष्टाचारीलाई प्रवेश निषेध लेखिएको कालो व्यानर टाँसिएको छ ।

नेपाली काँग्रेस महासमिति सदस्य गुरु बरालले पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरुलाई ब्यानर हस्तान्तरण गरि अभियान शुरुवात गरेका हुन् ।कार्यक्रममा महासमिति सदस्य गुरु बरालले भ्रष्टाचारका कारण मुलुक बर्बाद भएको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक बताए ।

यो अभियान पोखराबाट शुरु भएको छ उनले भने – ‘यसलाई देशव्यापी बनाउन आवश्यक छ ।’ नेवि संघका विद्यार्थीहरुले सरकारले न्याय दिन नसकेको, अपराधिक गतिविधिमा संलग्नमा रहेकालाई संरक्षण गरेको र भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button