कुनैबेला पोखराको पृथ्वीचोक

पोखरा न्यूज ।

कुनैबेला घारीपाटनकै रुपमा लिइने हालको पृथ्वीचोक २०२७ सालतिर चाइनाले पुल बनाएपछि यो ठाँउको नामनै चाइनाचोक बन्न पुग्यो ।

पोखरा काठमाडौ राजमार्ग तयार भए पछि यस राजमार्गको नामाकरण पृथ्वीराजमार्ग गरियो । नामाकरणसंगै यस चोकमा राष्ट्रपिता पृथ्वीनारायण शाहको पूर्णकदको मूर्ती राख्ने निर्णय भयो ।

प्रख्यात कलाकार अमर चित्रकारले करिव ५ वर्ष लगाएर तयार पारेको मूर्ती यहि चोकमा राखियो । त्यसपछि यो चोकलाइ पृथ्वीचोक भनेर नामाकरण गरियो ।

वाइसिएलका कार्यकर्ताहरुले यहा रहेको सालिक तोडफोड गरेर फ्याकेपछि यस चोकको नाम लखनचोक राख्ने कोशिस भयो । तर सर्वप्रिय नहुदा बोलीचालीमा सो नाम आउन सकेन ।

कागजीरुपमा यस चोकलाई लखनचोक भनिए पनि बुढापाकाले अझै चाइना चोक भन्न रुचाउछन भने पछिल्लो पुस्ताले  यसलाइ पृथ्वीचौक नै भन्न रुचाउछन ।

तस्बिर, क्याप्सन – सुनिल उलक

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button