शेयर बजार: सामान्य अङ्कको गिरावट

पोखरा न्यूज- २४, पुष ।

धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव चार विन्दुले घटेर एक हजार १७७ दशमलव शून्य सात विन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य नौ विन्दुले घटेर २४९ दशमलव ८४ विन्दुमा झरेको छ । स्टककाअनुसार आज कूल १६० कम्पनीको ११ लाख नौ हजार २० कित्ता शेयर रु ३४ करोड २७ लाख ८६ हजार ५९६ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल दश उपसमूह मध्ये चार उपसमूहको शेयर वृद्धि भएको छ । यस्तै छ उपसमूहको शेयर कारोवार भने घटेको छ ।

स्टककाअनुसार विकास बैंक एक दशमलव ६१, उत्पादन पाँच दशमलव शून्य सात, अन्य एक दशमलव शून्य दुई, लघुवित्त पाँच दशमलव ४२ विन्दुले बढेका छन् । यस्तै बैंकिङ शून्य दशमलव शून्य नौ, होटल ११ दशमलव ९६, जलविद्युत् दुई दशमलव एक, वित्त शून्य दशमलव ८३, निर्जीवन बीमा ३८ दशमलव १३ र जीवन बीमा ११ दशमलव ९२ विन्दुले घटेको छ ।

घटेको बजारमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, चौतारी लघुवित्त वित्तीय संस्था, साल्ट टे«डिङ लिमिटेड, आँखु खोला जलविद्युत् कम्पनी, ङादी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले आज कमाएका छन् । यस्तै एनएमबी माइmोफाइनान्स वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्यारेन्सका शेयरधनीले आज बढी गुमाएका छन् ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close