डा. पौडेलले पत्रकार माथि गरेको दुर्व्यवहार प्रति पत्रकार महासंघद्धारा खेद प्रकट

पोखरा न्यूज –२५, पुष ।

पत्रकार हेमराज अधिकारी तथा क्यामरा पर्सन समिर सुनार माथि चरक मेमोरियल हस्पिटलका निवर्तमान अध्यक्ष डा. बद्री पौडेलले गरेको दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ कास्कीले खेद प्रकट गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका सा.सदस्य एवं फेवा टेलिभिजनका स्टेशन म्यानेजर अधिकारी र क्यामरा पर्सन सुनार तथा संचार माध्यम क्यामरा तोडफोडको प्रयास गर्ने उपर आवश्यक कारवाहीको लागि नेपाल पत्रकार महासंघले जोडदार माग गरेको छ । डा.पौडेलले स्वतन्त्र प्रेस माथि ठाडो हस्तक्षेप गरेको नेपाल पत्रकार महासंघ कास्कीद्धारा जारी गरिएको प्रेस विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

डा. ऋषि ढकाललाई कुटपिट गरेको आरोपमा पत्रकार अधिकारीले प्रतिकृया लिन खोज्दा पत्रकार तथा संचार माध्यम क्यामरा तोडफोडको प्रयास गर्नुले स्वतन्त्र प्रेस माथि गरिएको आक्रमणको रुपमा महासंघले लिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी गरिएको प्रेस विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

समाचार संकलनमा खटिएका पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गर्न महासंघले स्थानिय प्रशासन समक्ष अनुरोध गर्दै आगामी दिनमा स्वतन्त्र पत्रकारिता निर्वात ढंगले गर्ने वातावरण सृजना गर्न आव्हान गरेको छ ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close