पोखरामा बारम्बार बलात्कार सहित यातना भएको भन्दै युवतीले दिइन् प्रहरीमा जाहेरी

शारीरिक सम्पर्क गर्न नदिए बा, आमा र दाईलाई समेत मार्ने धम्की दिने गरेको आरोप

पोखरा न्यूज – २५ पुष ।

पोखराको वडा नं १५ कि एक किशोरीले आँफूमाथि विभिन्न बहानामा धम्क्याउँदै बारम्बार बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीमा एक यूवक विरुद्ध किटानी जाहेरी दिएकी छिन ।

पोखरा १५ कि १९ वर्षीय रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५ स्यानीपाटन बस्दै आएका नसिब गुरुङले असैह्य र निर्मम व्यवहारका साथ बारम्बार बलात्कार गरेको आरोप सहित जाहेरी दिएकी हुन् । गुरुङले  विभिन्न प्रलोभन देखाएर खिचिएका आफ्ना नग्न तस्विरहरु सामाजिक सञ्जालमा राखेर बेईज्जत गरिदिन्छु भन्दै धम्क्याएको समेत पीडित किशोरीले बताएकी छिन् ।

घटनाक्रम यस्तो छ :-

आजभन्दा करिब ५ महिना अघि फेसबुकबाट नसिवसंग रविनाको चिनजान भयो । दुबैजना म्यासेन्जरमा गफ गर्न थाले । गफ गर्ने क्रममा नसिवले रविनालाई प्रेम प्रस्ताव राखे । केहि दिनपछि किशारीले पनि प्रेम प्रस्ताव स्वीकारिन । दुबै आपसमा नजिकिँदै जान थाले । तर रविनाले सोचेझँै साँचो प्रेम गरेका रहेनछन् नसिबले । आँफूले नचाहाँदा नचाहँदै पनि केहि समयपछि नसिबसंग शारिरिक सम्पर्क राख्न बाध्य भईन रविना । सोही क्रममा नसिबले मोवाईलबाट रविनाका नग्न तस्विरहरु खिचे । ती तस्विरहरु मोवाईलमा कैद भईसकेपछि एकाएक नसिब क्रुर हुन थालेको किशोरी बताउँछिन् । “तस्विर खिचेपछि उसले भने अनुसार नभए मलाई मार्ने धम्की दिन्थ्यो, कति पटक मलाई चाहेको बेला यूज गर्न थाल्यो, ब्ल्याकमेलिङ गर्न थाल्यो ”। रविना भन्छिन “मैले काम गरेको ठाउँमा पनि आउँथ्यो, बदनाम गथ्र्यो, जवर्जस्ती घरमै लिएर जान्थ्यो । ” उनले भनिन, “घरमा लगेर उसको कपडा धुन लगाउँथ्यो नोक्कर जस्तो व्यव्यवहार गथ्र्यो तैपनि म केहि समय सहँन्थे, अति गर्न थाल्यो, अहिले आफन्तको साहराबाट प्रहरीको शरणमा गएँ” ।

किटानी जाहेरीपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वस्थ्य परिक्षण गर्न पुगेकी रविनाले रुँदै भनिन “असत्ती रहेछ, मेरो फेसबुक एकाउण्टको पासवर्डपनि जवर्जस्ती लग्यो, उसैले चलायो । कलेजमा पनि पुगेर उसले टर्चर दिन्थ्यो, राती राती घरमा बोलाउँथ्यो, उसले चाहेको बेला उसंग त्यो (यौन सम्पर्क) गर्न तयार हुहनुपथ्र्यो” । “तयार नभए बा, आमा र दाईलाई समेत मार्दिन्छु भन्थ्यो ।” उनले भनिन ।

निकै दर्दनाक अवस्थाबाट गुज्रीएकी उनलाई एकदिन नसिवले पोखराको पृथ्वीचोकस्थित चाईना पुलबाट हाम फालेर आत्महत्या गर्न समेत लगाएको बताएकी छन् । उनका शरिरभरी नशिवले यातना दिएका घाउ र निलडामहरु समेत रहेको आफन्तजनले बताए ।

अहिले नशिव परिवारको सम्पर्कमा नरहेको बताइएको छ । उनको विरुद्धमा किटानी जाहेरी परेपछि खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए । ‘हामी खोज तलास गर्ने क्रममा छौँ ।’ उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button