महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ

पोखरा न्यूज –२६, पुष ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा परिचालन नभएको गुनासो आउने गरेको बताउँदै भने, “पैसा कमाउनका लागि मात्रै महोत्सव गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।” उनले आदिवासी जनजातिको सङ्ग्रहालय स्थापना हुन सके यो जातिको बारेमा धेरैले बुझ्न र अध्ययन गर्न सक्छन् भन्दै संस्कृतिलाई उत्पादनसँग जोड्न आवश्यक रहेकामा जोड दिए ।

नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको अधिकार स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिए । महोत्सव मूल समारोह समितिका संयोजक विमल जिसीले आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिए । माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १०० कक्ष छन् । महोत्सवमा आउने दर्शकलाई आकर्षण गर्न रोटे पिङ र काठे पिङको समेत व्यवस्था गरिएको छ । महोत्सवमा छेलो हान्ने, डोरी तान्ने र भलिबल प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ ।

Loading...
© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।
Loading...

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close