डिएनबी, पोखरा न्यूज –२७, पुष ।
हिन्दु राष्ट्रको माग गर्दै पोखरामा यस बर्षको पृथ्बी जयन्ती मनाइएको छ । २ सय ९७ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति कास्कीको आयोजनामा पोखरामा र्याली प्रर्दशन गर्दै पृथ्बी जयन्ती मनाईएको हो ।
पोखराको मानव अधिकारचोकबाट सुरु भएको र्याली , चिप्लेढुंगा, न्यूरोड, सभागृह हुदै पृथ्बीचोकमा पुगेर समापन भएको थियो । हिन्दु राष्ट्र कायम गर्न माग गर्दै र्याली मा सहभागिले विभिन्न बाजा गाजाको साथमा प्लेकार्ड समेत प्रर्दशन गरेका थिए । विश्वमा एक मात्र हिन्दु राष्ट्र नेपाललाइ पुनः हिन्दु राष्ट्र कायम गरी धार्मिक सहिष्णुता कायम गर्न समितिका संयोजक शंकर खरालले माग गरे । राष्ट्र निर्माता तथा एकताका प्रतिक पृथ्बीनारायण साहको जन्मको अवसरमा नेपाल सरकारले राष्ट्रिय विदा दिनु पर्ने उनले माग गरे ।
पन्चे बाजा, भजन चुड्काको साथ पृथ्बीनारायण साहको तष्विर र नेपालको झण्डा समेत प्रदर्शन गरिएको थियो । नागरिक स्तरबाट पृथ्बीनारायण शाहको योगदानलाई उच्च कदर गर्दै पोखरामा भएको उक्त र्यालीमा उत्सहजनक रुपमा सहभागि भएको समितिका सल्लाहकार प्रा.डा. दिल बहादुर क्षत्रीले बताए ।