उद्यमशिल विना आर्थिक विकास हुन सक्दैनः अध्यक्ष तिमिल्सिना

डिएनबी, पोखरा न्यूज –२७, पुष ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्यमशिल विना देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताएकाछन। युनाइटेड क्लबको आयोजनामा सुक्रबार देखि पोखरामा सुरु भएको नवौ संस्करणको पोखरा महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारी जागिर खाने सोच भन्दा माथि उठेर धेरैलाई रोजगार दिने उद्धेश्यले उद्यमशिल वन्न आग्रह सहित उद्यमशिल विना देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताएका हुन् ।

उनले भने “तपाई एक जनाले जागिर खादा एक जानको मात्र भविष्य बन्ना तर तपाई आफै उद्यमशिल भयर केहिलाई रोजगार दिदै आफै व्यवसायी बन्नु भयो भने यो देशमा कति बस्तु तथा सेवा उत्पादन हुन्छ, जसले गर्दा यो सिंगो राष्ट्रलाई नै फाईदा पुग्छ, अनि हाम्रो देशमा कति जनालाई सरकारी जागिर खुवाउने त्यो भन्दा उद्यमशिल जति जनाले पनि गर्न सकिन्छ । ”महिलाहरुको आर्थिक विकास र समृद्धिको लागि राष्ट्रपति रोजगार कार्यक्रम ल्याउने तयारी भएको बताउदै अध्यक्ष तिमिल्सिनाले महिलाहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउन सरकारले महिला केन्द्रित कार्यक्रम ल्याउने तयारी भएको जनाए । पुंजि परिचालनको लागि महिलाहरुलाई सहुलियतमा कर्जा प्रवाह गर्ने, विभिन्न सिप मुलक तालिम लगायतका सेवा दिने उनले बताए ।

नेपालबाट अब श्रमिकको रुपमा खाडी मुलुकमा पठाउने सिस्टमलाई रोकेर नेपालबाट बैज्ञानिकको रुपमा विदेश पठाउने सिस्टम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले जनाए । नेपालमा विदेशीसंग प्रतिष्प्रर्धा गर्न सक्ने शिक्षा निती तथा प्रणाली भएमा नेपालबाट वैज्ञानिक, ईन्जिनीयर, डाक्टर, प्रशासक, दक्ष जनशक्तिलाई मात्र विदेश पठाउन सकिने उनले बताए । उनले भने “जबसम्म व्यवहारिक रुपमा हामीले आर्थिक समृद्धिको बाटो अबलम्वन गर्न सक्दैनौं तबसम्म देशको ऐन, कानुन र संविधानमा आर्थिक समृद्धिको नारा लेखेर मात्र देशको आर्थिक विकास समृद्धि हासिल गर्न सकिदैन। ”क्लबले आयोजना गरेको उक्त महोत्सवको उद्घाटन सत्रमा सयौंको संङख्यामा झाँकी सहित आमा समुह सहभागि भएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा एक आमा समुह एक उत्पादनमा लाग्नु पर्नेमा जोड दिए ।

प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले क्लवले जुलोजिकल पार्कको रुपमा विकास गर्न लागेकोले त्यसको उद्धेश्य अनुसार आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले कुनै कार्यक्रममा एक व्यक्तिबाट नाम उच्चारण गरे पछि वोल्ने अर्काे वक्तले पुनः अतिथिहरुको नाम उच्चारण गर्नु समयको दुरुपयोग हुने दाबी गरे । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखरामा हाल निमार्ण हुन लागेको १६ हजार सिट क्षेमताको फुटवल प्याराफिट स्थानियको माग अनुसार बढाउन राखेपमा आफुले पहल गरेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले बेैंकहरुले पैतृक सम्पति भएकाहरुलाई कर्जा प्रवाह गरेको आरोप लगाए । यस्ता मेला महोत्सवले बजारमा प्रतिष्प्रर्धा बढाएको उनले जनाए ।

महोत्सवको अवसरमा निशुल्क रुपमा पोखराको लेखनाथ पचभैयामा निर्माणधिन जुलोजिकल पार्कको अवलोकनको ब्यवस्था मिलाएको क्लवका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले बताए । बख्रेलका अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा पशुपंछी उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण कार्य अगाडी बढेको छ ।

क्लबका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा गण्डकी प्रदेशका सांसद दिपक कोइराला, नेकपाका नेता दामोदर वैरागी, चिडियाखाना विज्ञ जुद्ध बहादुर गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कार्की, सिजि हार्डवयरका दिनेश कुमार चौधरी, शान्ति दर्शन महिला समुहका अध्यक्ष दिल माया गुरुङ, अम्मरसिंह माविका प्राचार्य तेजश्वि बराल, क्लबका प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ लगायतले क्लवले महोत्सवबाट जुलोजीकल पार्क निमार्ण हुनुले प्रशंसनिय कार्य भएकोमा जोड दिए । माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने उक्त महोत्सवमा २ सय ५० वटा स्टल रहेको महोत्सवका प्रचार संयोजक शान्त बहादुर थापाले बताए ।

क्लबले गर्दै आएको सामाजिक क्रियाकलाप अन्तर्गत सेती नदी संरक्षण कार्यक्रमलाई अभियानकै रुपमा अगाडी वढाउदै नवौ संस्करणको पोखरा महोत्सवमा पनि प्रति टिकटबाट एक रुपैया छुट्याइने भएको छ । महोत्सवमा सर्वसाधरणलाई ८० र बिद्यार्थीलाई ६० रुपैया टिकटदर कायम गरिएको छभने अपाङ्ग, बृद्धबृद्धा, एकल महिला, पत्रकार र सुरक्षा निकायलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ । महोत्सवको मुख्य प्रायोजकमा जगदम्बा स्टील प्रा.लि., विशिष्ट प्रायोजकमा रारा तयारी चाउचाउ रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button