फेवातालमा उद्धारकार्यका लागि १० लाखको लागतमा नयाँ मोटरबोट

पोखरा न्यूज- २८, पुष ।

पोखराको फेवातालमा उद्धारकार्यका लागि १० लाखको लागतमा नयाँ मोटरबोट संचालनमा ल्याइएको छ ।

प्याराग्लाइडिङमा हुने सम्भावित दर्घटनालाई न्यूनीकरण गर्न नेपाल हवाई खेलकुद संस्था (ना) नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ, पाइलट क्लब र एक्रो क्लबको पहलमा पोखराको फेवातालमा नयाँ मोटरबोट  संचालनमा ल्याइएको हो ।

छिमेकी देश चीनबाट ल्याइएको उक्त मोटरबोट १५ हर्ष पावरको रहेको र उद्धारका लागि निकै सहज हुने पाइलट क्लबका उपाध्यक्ष सुवाश थापाले बताए । उनले भने–“ना ले ल्याएको पुरानो मोटरबोटले खासै राम्रो संग काम नदिएकोले विभिन्न संघ संस्था र व्यक्तीको पहलमा यो नयाँ मोटरबोट ल्याएका हौं ।” नयाँ मोटरबोटबाट फेवातालमा हुने आकश्मिक दुर्घटनालाई न्यूनीकरण गर्न सजिलो हुने उनको भनाई थियो ।

मोटरबोटको  शनिवार एक कार्यक्रमका बिच पोखरा महानगरपालिका -१८ का वडाअध्यक्ष रणबहादुर थापाले  रिबन काटेर सुरुवात गरे । कार्यक्रममा बोल्दै  वडाअध्यक्ष थापाले फेवातालमा हुने प्याराग्लाइडिङ संग सम्वन्धित दुर्घटना मात्र नभएर अन्य सम्भावित दुर्घटनाका लागि मोटरबोटले सहज पुर्याउने  बताए । उनले महानगर संगको पहलमा मोटरबोटबाट संचालन र संरक्षणका लागि एक जना कामदार खटाउने विषयमा आफूले यथासिघ्र पहल थाल्ने समेत बताए ।

सो अबसरमा बोल्दै नेपाल खेलकुद संस्था (ना)का  अध्यक्ष योगश भट्टराईले ना ले पोखराको हवाई खेलकुदलाई जोखिम मूक्त बनाउन प्रयास गरिएको बताउँदै नयाँ मोटरबोटबाट संचालनले यसमा ठूलो सहयोग पुग्ने बताए । अध्यक्ष भट्टराईले भने  –“हामी प्याराग्लाइडिङका साथै  फेवातालमा हुने आकश्मिक दुर्घटना रोक्न हरसम्भव प्रयास गर्दैछौ यसका लागि सबैको साथ र सहयोगको खाँचो छ ।” भट्टराईले प्याराग्लाइडिङ लगायत तालमा हुनसक्ने सम्भावित दुर्घटनाबाट बच्न अहिले संचालनमा ल्याएको भन्दा ठुलो क्षमताका मोटरबोटबाट संचालनमा ल्याउनको लागि महानगरसँग  पहल गर्न वडाअध्यक्ष थापालाई आग्रह समेत गरे  ।

कार्यक्रममा बोल्दै नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशव पाठकले उद्धारका लागि डुँगा संचालनमा ल्याउनु सुखद रहेको बताए ।

पोखरामा विभिन्न प्याराग्लाइडिङका ६० भन्दा वढी कम्पनीहरु संचालनमा रहेको र दैनिक ३ सय भन्दा वढी प्याराग्लाइडिङका उडानहरु हुने गर्दछन ।

उडानको समयमा हावाहुरी जस्ता प्राकृतिक कठिनाइ तथा अवतरणमा असन्तुलन हुँदा प्याराग्लाइडिङ पाइलटले फेवातालमा आकस्मिक अवतरण गराउने गर्दछन । यस्तो अवस्थामा मोटरबोट संचालनले फेवातालबाट  तत्काल उद्यारकार्यका लागि सहज हुने गर्दछ । फेवातालमा उद्धारका कार्यका लागि शसस्त्र प्रहरीले पनि उद्धार टोली सहित मोटरबोट संचालन गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button