पोखरामा तरुल र कन्दमुलको माग घट्दो

५० लाख बराबरको तरुल, सकरखण्ड पोखरामा भित्रियो

डिएनबी,  पोखरा न्यूज- २९, पुष ।

नेपालका अधिकाशं खेतवारी बाजा भईरहदा भारतबाट करिब ५० लाख मुल्य बराबरको तरुल तथा सकरखण्ड पोखरा भित्रिएको छ । माघे संक्रान्तिको अवसरमा केहि व्यवसायीहरुले पोखरा क्षेत्रमा लक्षित गरी यस बर्ष तरुल र खकरखण्ड गरी करिब ५० मेटिक्टन अर्थात ५० लाख मुल्य बराबरको कन्दमुल पोखरा भित्राएको व्यवसायीहरु बताउछन।

पोखरामा केहि बर्ष देखि माघे संक्रान्तिको अवसरमा तरुल सहितको कन्दमुलको खपत घट्दो क्रममा रहेको कृषि उपज बजार व्यबस्थापन समिती शान्तिवन बाटिका, पोखराका निमिक्त व्याबस्थापन प्रमुख रुपा दाहालले बताइन। उनका अनुसार गत बर्षको तुलनामा यस बर्ष करिब २५ प्रतिशतले तरुल सहितको कन्दमुलको पोखरामा कम माग रहेको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा २ करोडको तरुल सहित कन्जमुलको कारोवार हुने भएको उनले बताइन् ।

उनका अनुसार भारत देखि नेपालका विभन्नि जिल्ला हुदै पोखरामा भित्रिएको विभिन्न जातको तरुल एक सय ५० मेटिक्टन, त्यसै गरी खकरखण्ड ५० मेटिक्टन पोखरामा भित्रिएको छ । सामान्यतया ४० रुपैया देखि अधिकतम २ सय रुपैयामा तरुल सहितको कन्दमुल पोखरामा विक्रि वितरण भएको छ । एक सय ५० मेट्रिक्टन नेपालमा उत्पादन भएको तरुल सहितको सकरखण्ड पोखरा भित्रिएको बताएकी दाहालले ५० मेट्रिक्टन जसो तरुल सहित सकरखण्ड भारतबाट आएको बताइन।

एक करोड ५० लाख मुल्य बराबरको तरुलको मात्र कारोवार हुने बाँकी ५० लाख सकरखण्ड, पिडालु सहितका कन्दमुलको विक्रि हुने उनले दाबी गरीन् ।  बजारमा तरुल प्रति केजी ४० देखि एक सय रुपैयासम्म, वन तरुल प्रति केजी १ सय ५० देखि २ सय सम्म, सकरखण्ड प्रति केजी ५० देखि ९० रुपैयासम्ममा विक्रि भएको छ । उनका अनुसार गत बर्षको तुलनामा यस बर्ष करिब २५ प्रतिशतले कम तरुल सहितको कन्दमुल पोखरामा भित्रिएको छ। मानिसहरुको खानपिन, स्वास्थ्यको कारण आफ्नो कला संस्कृति भन्दा मनोरन्जनमा बढी केन्द्रित भएकोले गर्दा पनि तरुल सहितको अन्दमुलको पछिल्ला बर्षमा कम बिक्रि हुदै आएको नि.प्रमुख दाहालले बताइन।

पाल्पा, स्याङजा, मकवानपुर, गोर्खा, सर्लाही, नवलपरासि लगायतको क्षेत्रबाट तरुल सहितको कन्दमुल पोखरामा भित्रिएको व्यवसायीहरु बछाउछन। पाल्पा र मकवानपुरबाट प्रायः वन तरुल भित्रिएको छ भने गोर्खाबाट बढीमा मात्रमा सकरखण्ड भित्रिएको छ भने अन्य जिल्लाबाट सिम्ले, पन्जे, जाते, सेतो, घर लगायतको तरुल भित्रिएको  व्यवसायी विनोद गुप्ताले बताए । गत बर्ष करिब ४ लाखको कन्दमुलको व्यापार गरेका उनले यस बर्ष माघे सक्रान्तिको अघिल्लो २ दिनसम्म २ लाखको पनि तरुल सहितको कन्दमुलबाट कारोवार गर्न मुस्किल परेको बताए । कास्कीको बहुमारा, हेमजा लगायतका क्षेत्रबाट स्थानिय जातको तरुल केहि मात्रमा बजारमा आएको उनले बताए  ।

स्याङजा ठुलादीहीका सागर थापाले यस बर्ष आफ्नै वारीसहित अन्य स्थानियबाट ५ सय किलोग्राम तरुल बिक्रिको लागि पोखरामा ल्याए पनि अघिल्लो बर्षको तुलनामा यस बर्ष कम र केहि सहुलियतमा बिक्रि गर्नु परेको बताए । गत बर्ष उनले ५० देखि ६० मा प्रति केजी तरुल बिक्रि गरेकोमा हाल उनले ३५ देखि ४० रुपैयामा प्रति केजी तरुल बिक्रि गर्दैछन् । अर्को व्यापारी सोनु गुप्ताले ८ टन तरुल बिक्रिको लागि पोखरामा अडर गरे पनि हाल २० प्रतिशत पनि बिक्रि नभएको गुनासो गरे । केही व्यवसायीहरुले कृषि उपज बजारमा तरुल सहितका कन्दमुल बिक्रि नभए पछि आफ्नो परेको मुल्य भन्दा कम मुल्यमै घटेर समेत दिन थालेका छन।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button