म्याग्दीमा सञ्चार गृह शिलान्यास

पोखरा न्यूज- ३०, पुष ।

म्याग्दीको बेनीमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडको भवन निर्माणका लागि आज बेनीको मङ्गलाघाटमा शिलान्यास गरिएको छ । विसं २०६६ देखि भाडाको घरबाट सञ्चालन हुँदै आएको सञ्चार सहकारी संस्थाले रु ५० लाखमा घडेरी किनेर ५०० वर्गफिटको चारतले पक्की भवन निर्माण गर्न लागेको हो ।

आगामी पुस मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने सो भवनको म्याग्दीकाली सञ्चार सहकारी संस्थाका उपाध्यक्ष विजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले आज बिहान संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

म्याग्दीकाली सञ्चार सहकारी संस्थाबाट म्याग्दीकाली एफएम, म्याग्दीकाली केवुल र म्याग्दीकाली इन्टरनेट सञ्चालन हुँदै आएका छन् । रु एक करोडको लागतमा निर्माण हुन लागेको भवन बनेपछि नयाँ प्रविधिका साथ सञ्चारको सवलीकरणमा जोड दिइने संस्थापक सदस्य रेग्मीले बताए । संस्थामा ५४९ जना शेयर सदस्य रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button