राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस विजयी

पोखरा न्यूज- ०१, माघ ।

राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा आयोजित दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता–२०७५ अन्तर्गत सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस बिजयी भएको छ ।

खेलमा नेपाल पुलिसले गण्डकीलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । पुलिसले गण्डकीलाई २५–१९, २५–२० र २५–१७ को सेटमा पराजित गरेको हो ।

त्यसै गरि नेपाली सेनाको त्रिभुबन आर्मी क्लबलाई प्रदेश ३ ले ३–१ को सेटमा पराजित गरेको छ । खेलमा प्रदेश ३ ले नेपाली सेनालाई २५–१०, १२–२५, २५–२० र २५–१४ को सेटमा पराजित गरेको हो ।

मंगलबार नै सम्पन्न अन्य खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र प्रदेश ५ ले आ–आफ्नो खेल जितेका छन । शसस्त्र प्रहरीले प्रदेश नं १ लाई २५–३, २५–८, र २५–३ को सोझो सेटमा पाखा लगायो भने प्रदेश नं ५ ले प्रदेश नं २ लाई २५–१०, २५–१४ र २५–८ का् सोझो सेटमा पराजित गर्यो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बीशुव्वा गुरुङले निती नबुझेका र खेलकुद नवुझ्ने मन्त्रि भएका कारण खेलकुद अपेक्षित रुपमा माथी उठ्न नसकेको आरोप लगाएका छन । “अन्य मुलुकमा खेलकुदमा समेत ठूलो परिवर्तन आएको छ तर हाम्रो खेलकुद खेलाडी र प्रशिक्षकले धानेका छन” मुख्यमन्त्रि गुरुङले भने–“भारत गएर दुई वर्षमा दक्षिण एसियाली खेलकुद (साग) गर्छु भन्ने तर देशको प्रतिष्ठा नै दाउमा राख्ने गरि काम भएको छ न त कुनै पूर्वाद्धार बने न त परिवर्तन नै आयो ।”

गण्डकी प्रदेश मुख्यमन्त्रि गुरुङले पोखरालाई खेलकुद राजधानीको रुपमा अगाडी वढाउन पोखरा रंगशालालाई वहुउद्धेश्यिय रंगशालाको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडी बढेको बताउँदै भने–“हतारमा संरचना निर्माण गर्नु भन्दा दिर्घकालिन सोचका साथ निर्माण गर्नु पर्छ जसका कारण अन्तर्राष्टिय प्रतियोगिताहरु आयोजना गर्न सकियोस ।”

सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरामा बन्ने कुनै पनि संरचनाहरु स्वीकृत गर्नु अघि परिषदको बोर्ड बैठकमा ल्याउनु पर्ने तथा विवाद रहित ढङ्गले अगाडी वढाउनु पर्ने बताएका छन् । उनले भने– “न त बोर्ड बैठकमा ल्याइएको छ न त प्रदेशका मुख्यमन्त्रिलाई जानकारी गराइएको छ यसमा बिबाद छ ।” उनले थपे “हचुवाको भरमा पोखरामा बन्न लागेको फुटबल स्टेडियम दिर्घकालिन सोचका साथ आएको छैन यसलाई परिमार्जित गर्नु पर्छ ।”

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बराल लगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button