जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा हत्याका मुख्य अभियुक्त सार्वजनिक

पोखरा न्यूज -२, माघ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले हत्यामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा साबिक मनपाङ गाविस–७ स्थायी घर भई हाल ब्यास नगरपालिका–४ बाघभञ्ज्याङ बस्ने ३९ वर्षीय मङ्गलबहादुर दमै र ब्यास नगरपालिका–४ बस्ने ४२ वर्षीया भारती परियार छन् । ब्यास–४ बाघभञ्ज्याङ बस्ने रामबहादुर परियारको हत्यामा संलग्न भएको आरोपमा उनीहरुलाई गत पुस २९ गते पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए।

हत्यामा संलग्न रहेका सोही ठाउँका सुकबहादुर परियार भने फरार छन् । पक्राउ परेका भारती मृतकका बुहारी र दमै भाञ्जा हुन् । विसं २०६८ साउन ९ गते भारतीको योजनामा मङ्गल र सुकबहादुरले रामबहादुरलाई शुक्लागण्डकीको दुलेगौँडास्थित सेती नदीको पुलबाट धकेलेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक शाहले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button