पोखराको शुक्रराज माविलाई २० लाख आर्थिक सहयोग

पोखरा न्यूज -०४, माघ ।

पोखरा महानगरपालिका २२ पुम्दी भुम्दीस्थित शुक्रराज माविको स्वर्ण महोत्सव सम्पन्न गर्न करिब २० लाख रुपैया आर्थिक सहयोग संकलन भएको छ ।

बिद्यालय स्थापनाको ५० औं बर्ष गाँठको अवसरमा बिद्यालयले यस बर्ष भरी स्वर्ण महोत्सव मनाउदै गरेको सन्दर्भमा उक्त महोत्सवलाई सफल पार्न विदेशी तथा स्वदेशी सहयोगी दाताबाट उक्त रकम सङ्कलन भएको बिद्यालयका प्राचार्य नरनाथ बरालले बताए । पछिल्लो समयमा कालाभाङघडेरी स्थायी घर भई हाल पोखरामा बस्दै आएका धनसम्मेर गुरुङले ५० हजार ५ सय १५ सहयोग गरेकाछन् । त्यसै गरी पोखराका गम बहादुर गुरुङ, ह. भक्त बहादुर गुरुङ, धनमाया गुरुङबाट जनहि ५ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेकोे बिद्यालयका सल्लाहकार चेतभत्त बरालले बताए ।

पुर्व बिद्यार्थीहरुबाट थप आर्थिक सहयोग उपलब्ध हुने आफुहरुले अपेक्षा गरेको उनले बताए । बिद्यालयको स्वर्ण महोत्सवको अवसरमा शहिद शुक्रराज शास्त्रीको स्मृतिमा निमार्ण भएको बिद्यालयले ५० बर्ष पुगेको अबसरमा उनको सालिक समेत निमाण भएको प्राचार्य बरालले बताए । पोखराका उद्योगपति एवं समाजसेवी चन्द्रकान्त बरालले उक्त अर्धकदको शालिक निमार्णको लागि आर्थिक सहयोग गरेका हुन् । त्यसै गरी बिद्यालयमा स्वागत द्धार समेत निमार्ण भएको छ ।

कालाभाङ घर भई हाल वेल्जियम रहेका मिन बहादुर गुरुङ र पम्फा गुरुङबाट ४ लाख एक हजार र पोखरा महानगरपालिका वडा नम्बर २२ को वडा कार्यालयबाट २ लाखको आर्थिक सहयोगमा उक्त स्वागतद्धार निमार्ण भएको हो । त्यसै गरी स्मारिका प्रकाशन समेत अन्तिम तयारी भएको स्मारिका प्रकासन उपसमितिका संयोजक लिलाधर पौडेलले बताए ।

त्यसै गरी बिद्यालयको स्वर्ण महोत्सवको अवसरमा बिद्यालयमा विभिन्न खेलकुद एवं विभिन्न प्रतियोगिता सम्पन्न भएको बिद्यालयका शिक्षक नारायण मरासिनिले बताए । बिद्यालयमा हालै सम्पन्न भएको अन्तर मावि छात्र भलिवल प्रतियोगितामा भुम्दीको ओख्ले डाँडा मावि प्रथम भएको छ । शुक्रराज मावि भने दोश्रो भयो । बिद्यालयमा सम्पन्न भएको सेभेन ए साईड फुटवल प्रतियोगितामा पार्दी मावि प्रथम, शुक्रराज मावि दोश्रो भएको छ । ईन्टरनेटको महत्व र प्रभाव बिषयको वत्तित्वकला प्रतियोगितामा छोरेपाटन प्रथम, शुक्रराज मावि दोश्रो, प्राविधिक शिक्षा आजको आवश्यकता बिषयक निबन्ध प्रतियोगितामा जनप्रिय मावि प्रथम छेरेपाटन मावि दोश्रो भएको छ ।

बिद्यालयमा हाल नर्सरी देखि १० कक्षासम्म अग्रेंजी माध्यमबाट अध्ययन हुने गरेको छ भने प्लस टुमा व्यबस्थापन र शिक्षा संकाय गरी करिब ३ सय जना बिद्यार्थीहरु रहेका बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद राम्जी बराल जिवनले बताए । बिद्यालयमा स्वर्ण महोत्सवको बिषेश कार्यक्रम माघ १४ देखि १६ गतेसम्म हुने भएको छ । माघ १४ गते गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त स्वर्ण महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको बिद्यालयले जनाएको छ ।

त्यसै गरी माघ १५ गते युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माबाट बिद्यालयलाई उल्लेखनिय रुपमा सहयोग तथा योगदान दिने व्यत्तिहरुलाई सम्मान गर्ने र माघ १६ गते शिक्षा सचिव खगराज बरालबाट स्वर्ण महोत्सव समापन गर्ने कार्यक्रम तय गरिएको प्राचार्य बरालले जनाए । बिद्यालयमा हाल प्राविधिक शिक्षा अन्र्तगत पशुपालन सम्बन्धि अध्ययन समेत हुदै आएको छ । बिद्यालयमा हाल ३७ जना शिक्षक सहित कर्मचारी रहेकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button