पोखरा – ०६ लेकसाइडका भट्टराई परिवारद्वारा विद्यालयमा पाँच लाखको अक्षयकोष

पोखरा न्यूज – ४, माघ ।

पोखरा -०६ लेकसाइडस्थित भट्टराई परिवारले स्याँग्जाको बिरुवा गाउँपालिकामा रहेको नवज्योति माध्यमिक विद्यालयमा ५ लाख १ हजार १ सय १५ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । स्व.माता पूर्णकुमारी भट्टराई (मिठू) को स्मृतीको उनको परिवारले उक्त रकमको अक्षयकोष स्थापना गरेका हुन् ।

शुक्रबार विद्यालयको ५२ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहका विच स्व.पूर्णकुमारीका परिवारले उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर खड्का र प्रधानाध्यापक बमबहादुर रानालाई संयुक्त रुपमा हस्तान्तरण गरे । स्व.भट्टराईका छोराहरु चित्रबहादुर भट्टराई, चिनबहादुर भट्टराई, गोपीबहादुर भट्टराई, छोरी बिमला अधिकारी भट्टराई र नाती विकास भट्टराईले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै छोरा गोपीबहादुर भट्टराईले आफ्नों आमाको स्मृती सोही गाउँ र विद्यालयसंग जोडीएकाले छात्राबृत्तिका लागि अक्षयकोष स्थापना गरेको बताए । समारोहमा बोल्दै उनले आमाको जन्मस्थलमा रहेको विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको उज्वल भविष्यका लागि स्थापित अक्षयकोषले जेहन्दार तथा होनहार विद्यार्थीहरुमा थप हौसला मिल्ने आशा व्यक्त गरे । स्थापित अक्षयकोष अनुसार प्रावि तहमा जेहन्दार छात्र र छात्राले उक्त रकमको वार्षिक व्याज मध्ये २५ प्रतिशत, पाँच कक्षादेखि ९ कक्षा सम्मका उत्कृष्ट एकले २५ प्रतिशत तथा कक्षा ११ र १२ मा उत्कृष्ट हाँसिल गर्ने विद्यार्थीले पनि २५/२५ प्रतिशतका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सोही समारोहका विच भट्टराई परिवारले प्रावि स्तरमा उत्कृष्ट भएका छात्र छात्रालाई जनही पाँच–पाँच हजार र माध्यमिक तहमा उत्कृष्ट एक विद्यार्थीलाई नगद १० हजार रुपैयाँले पुरस्कृत समेत गरे । अक्षयकोष रकम बुझ्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर खड्काले उक्त सहयोग रकम ग्रामिण विद्यार्थीहरुका लागि ठूलो हौसला हुने बताए ।

उनले अक्षयकोष स्थापना गरेकोमा भट्टराई परिवारप्रति कृतज्ञता व्यक्त गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button