शिक्षामा सबैको पहुच पुग्नुपर्छ : मन्त्री पुन

पोखरा न्यूज – ०६, माघ ।

सामाजिक बिकास मन्त्री नरदेवी पुनले शिक्षामा सवैको पहुच पुग्नुपर्ने बताएकी छिन ।

स्याङजाको विरुवा गाउपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडाँडा माध्यामिक विद्यालयमा प्राविधीक शिक्षा वागवानी विज्ञान संचालननार्थ सहयोगका लागी आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन पुगेकी मन्त्री पुनले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा संचालन गर्नका लागी महायज्ञ गर्नु आफैमा महत्वपूर्ण रहेको बताउदै शिक्षाको पहुच सवै ठाउमा पुग्नुपर्ने बताइन ।

शिक्षामा अझैपनि समानता हुन नसकेको बताउदै समान शिक्षा नै अहिलेको आवश्यकता र पहुच नपुगेको ठाउमा प्राविधिक शिक्षा प्रदान गर्न सरकार लागी रहदा यस्ता कार्यक्रमले सरकारको कदमलाई थप टेवा पुग्ने उनको भनाइ रहेको थियो ।

गण्डकी प्रदेश सरकारले सामुदायिक विद्यालयको अवस्था सुधार गर्नका लागी सहयोग गर्ने बताउदै मन्त्री पुनले जनताको छोराछोरीलाई प्राविधीक शिक्षा अहिलेको जमानामा अति आवश्यक रहेको बताउदै शिक्षा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको बिकासका लागी महायज्ञमा प्रवचन दिएर विद्यालयलाई माथी उठाउन सहयोग गर्ने प्रवचन कर्तालाई समेत पुनले धन्यवाद व्यक्त गरिन ।

सो अवसरमा बोल्दै संविधान सभा सदस्य टेकु नेपालीले विद्यालयले चालेको हरेक कदमलाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइन । त्यस्तै विरुवा गाउपालिकाका सदस्य तिल कुमारी रोकाले जामुनेडांडा माध्यामिक विद्यालयमा सञ्चालन हुने प्राविधीक शिक्षा वागवानी विज्ञानले विरुवा गाउपालिका क्षेत्रमा रहेका गरिब किसानका छोराछोरीलाई प्राविधीक शिक्षा अध्ययन गर्नमा टेवा पुग्ने भएकाले गाउपालिका संगै सम्पूर्ण गाउपालिका बासीले सहयोग गर्नुपर्ने बताइन । माघ तीन देखी शुरु भएको श्रीमदभागवत आगामी माघ एघार गने सम्म सञ्चालन हुने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button