कास्कीमा ६ महिनामा करिब एक चौथाई पूँजीगत खर्च

पोखरा न्यूज – ०७, माघ ।

कास्कीमा ६ महिनाको अवधिमा एक चौथाई पनि पूँजीगत खर्च हुन सकेको छैन् । कर्मचारी समायोजना, परम्परागत ढंगको काम गर्ने शैलि लगायतका कारणले गर्दा यस चालु आर्थिक बर्ष २०७५-०७६ को ६ महिनाको अवधिमा एक चौथाई अर्थात २२.८४ प्रतिशत पुंजिगत खर्च भएको छ ।

कास्कीमा रहेका संघिय तथा स्थानिय ८९ वटा सरकारी कार्यालयले यस चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा पूँजीगत तर्फ २२.८४ प्रतिशत अर्थात ५९ करोड २३ लाख २९ हजार १५ रुपैया मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीका सूचना अधिकारी निराजनराज लम्सालले बताए ।  आर्थिक बर्ष २०७५-०७६ मा खुद बजेट २ अर्ब ५९ करोड २७ लाख ८३ हजार रुपैया रहेको कार्यालयले जनाएको छ । आर्थिक बर्ष २०७५-७६ को माघको पहिलो सातासम्मको तथ्याङकको आधारमा कास्कीमा चालु तर्फ ३२.४३ प्रतिशत खर्च भएको देखिन्छ ।

यस चालु आर्थिक बर्षको माघ महिनाको पहिलो सातासम्म ६ अर्ब ७९ करोड ४७ लाख २२ हजार ५ सय ४८ रुपैया खर्च भएको छ । कास्कीमा आर्थिक बर्षको चालु तर्फको कुल बजेट २० अर्ब ९४ करोड ६१ लाख ११ हजार १ सय ६२ रुपैया रहेको छ । रुपाताल संरक्षण एकिकृत विकास परियोजनाको चालु आर्थिक बर्षको ६ महिनामा चालु तर्फ १६ लाख ९३ हजार १ सय ७१ रुपैया खर्च भएको छ भने पूँजीगत तर्फ १ करोड ५ लाख २२ हजार १ सय ९१ रुपैया खर्च भएको सूचना अधिकारी लम्सालले जनाए ।

सडक डिभिजन कार्यालयको ६ महिनामा पूँजीगत तर्फ ६ करोड २० लाख १३ हजार ८ सय ७० रुपैया खर्च हुदा चालु तर्फ ९० लाख २० हजार २ सय ४१ रुपैया खर्च भएको छ । हेभी ईक्विपमेन्ट डिभिजन कार्यालयबाट ६ महिनाको अवधिमा पूँजीगत तर्फ ८ लाख ६६ हजार २ सय ३७ रुपैया खर्च हुदा चालु तर्फ भने १ करोड २३ लाख ८१ ह्जार १ सय २५ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीले जनाएको छ । नापी कार्यालय, बगर वडा प्रहरी कार्यालय, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काली भन्जन गण, सैनिक पश्चिमाञ्चल आवासिय महाबिद्यालयमा यस बर्षको ६ महिनासम्म पूँजीगत खर्च भएको छैन् ।

त्यसै गरी कास्कीका स्थानिय तह रुपा, मादी, माछापुच्छ्रे र अन्नपूर्ण गाँउपालिका, जिल्ला समन्वय समिति कास्की, तथ्याङक कार्यालय, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, क्षेत्रीय क्षयरोग उपचार केन्द्र, जिल्ला जन स्वास्थ्य कार्यालय लगायतका कार्यालयले पूँजीगत खर्चको रकम नै छुटाईएको छैन् । आर्थिक नितीको अभावमा केही कार्यालयहरुले पूँजीगत बजेटको योजना बनाउन सकेकाछैनन् । गत बर्ष गण्डकी प्रदेश समेतको कार्यालयहरुको तथ्याङक हेर्दा १ सय ३८ वटा सरकारी कार्यालयहरु कास्कीमा रहेका थिए ।

यस बर्ष देखि प्रदेश बाहेकका स्थानिय तथा संघिय सरकारबाट संचालित कास्कीमा रहेका सरकारी कार्यालयहरु ८९ वटा मात्र रहेका हुन् । गत बर्ष कास्कीमा पूजिगत तर्फ ४ अर्ब १७ लाख ९२ हजार ४ सय ७३ रुपैया अर्थात ८९ प्रतिशत खर्च भएको थियो । त्यसै गरी गत बर्ष कास्कीमा चालु तर्फ भने १० अर्ब १२ करोड ४० लाख ७३ हजार ४ सय ७० रुपैया खर्च भएको थियो भने कुल बजेट ११ अर्ब ३ करोड ६१ लाख ३१ हजार ६ सय ४० रुपैया रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button