बुधबार देखि पोखरामा चौथो अन्तर विद्यालय ह्याण्डबल प्रतियोगिता हुने

पोखरा न्यूज – ०८, माघ ।

पोखरा रंगशालामा भोलिदेखि चौथो संस्करणको एकता बुक्स अन्तर विद्यालय छात्र-छात्रा ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला ह्याण्डबल संघको आयोजना नेपाल ह्याण्डबल संघको प्राविधिक सहयोगमा पोखरामा यही माघ १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक चित्र थापाले बताए ।

प्रतियोगितामा छात्र तर्फ १५ र छात्रा तर्फ ९ टिमको सहभागिता हुने भएको संघ कास्कीका अध्यक्ष क्या.जगबहादुर गुरुङले बताए । प्रतियोगितामा विजेता छात्र तथा छात्रालाई जनहि १० हजार र उपविजेतालाई ५ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र वितरण गरिने भएको अध्यक्ष गुरुङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button