पोखरामा विभिन्न प्रलोभनमा पारी करोडौं ठगी गर्ने एक महिला पक्राउ

पोखरा न्यूज – ०८, माघ ।

विभिन्न प्रलोभनमा पारी करोडौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । बागलुङ बडीगाड गाँउपालिका ८ घर भई हाल पोखरा महानगरपालिका-२६ स्थित अर्घौँमा डेरामा बस्दै आएकी ४२ बर्षीया सरिता कुमारी राना (स्नेहा) ले विभिन्न वहानामा घर जग्गा लेन देन गर्ने भन्दै विभिन्न व्यक्तिहरुबाट करोडौं असुली फरार रहेकोमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पोखरा, काठमाडौं, विराटनगर लगायतका विभिन्न व्यक्तिहरुसँग करोडौं रुपैया विभिन्न बहानामा संकलन गरी ठगि गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरी बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक समेत गरेको छ । आफ्नो परिवार लण्डनमा भएको भन्दै विभन्नि चिनजानका व्यतिहरुसँग आत्मियता बढाउदै पहिलो पटक केहिलाई रकम दिई विश्वास जित्दै रानाले घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता बिभिन्न प्रलोभन देखाउदै करिब १७ जना भन्दा बढी व्यक्तिहरुसंग करोडौं ठगि गरेको पिडितहरुले गुनासो गरेकाछन्।

आफुलाई आपत पर्यो ऋण दिनुहोस भन्दै रानाले करिब २ करोड ५० लाख रकम सापटी माग गरी फरार भएकोमा मौखिक तथा लिखित निवेदनको आधारमा उनलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर रानाले बताए । सूक्ष्म रुपमा खोज तलास गर्दै जादा काठमाण्डौंको दरवार मार्गबाट उनलाई पक्राउ गरिएको उनले बताए । उच्च अदालतबाट बैंकिङ कसुर मुद्धामा म्याद थप अनुमति लिई हाल थप अनुसन्धान भईरहेको एस.पी. रानाले बताए । उनले फ्लाट भाडामा लिई काम गर्ने व्यक्ति, कार र चालक समेत राख्दै आएकी र उनको परिवार लण्डनमा नभएको अनुसन्धानबाट खुलेको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिलाबाट ठगिएको बिषयमा प्रहरीमा उजुरी गर्नेको केहि समय भिड नै लागेको थियो । उनले पोखराको अर्घौं मात्र होईन, काठमाण्डौं, विराटनगर लगायतका क्षेत्रसम्मका व्यत्तिहरुसँग करोडौं ठगि गरेको पिडित मध्यका एक राजकुमार दंमालले बताए । विराटनगरका दंमालसँग स्नेहाले ३२ लाख २० हजार रुपैया विभिन्न वहानामा रकम असुलेकी दंमालले गुनासो गरे । त्यस्तै काठमाण्डौंका रुद्र दुलाल ८० लाख रुपैया स्नेहासँग ठगिएको तर कागजमा भने ४० लाखको मात्र बनाएको भन्दै थिए । प्रायः महिलाहरुसँग रकम अशुल्ने गरेकी स्नेहाले अघौंकी ५३ बर्षिया दिल माया पुनलाई झनै ठूलो रकम असुलेकीछन् ।

पुनले आफ्ना श्रीमान धन बहादुर पुनलाई समेत जानकारी नगराई करिब १५ जना आफन्तसंग एक करोड ८५ लाख रुपैया सङ्कलन गरी स्नेहालाई दिएको बताईन् । तपाइको ऋण उकासिन्छ भन्दै स्नेहाले अघिल्लो बर्षको पुषमा ५० हजार रुपैया देखि रकम अशुल्न थालेकी पिडित पुनले बताईन् । पहिलो पटक उनले ५ लाख दिएर विश्वास जित्दै घरमा आउने मिठो मसिनो खाने, मन्दिरमा दर्शन गर्न जानेसम्मको काम गर्दै विश्वास दिलाउदै आएकी पिडित पुनले गुनासो गरिन् । त्यस्तै हार्ड वेयर पसलका संचालक जित बहादुर पुन पनि स्नेहाःको चतुराईमा फस्न पुगे । उनको पसल उद्घाटनमा अग्रिम २० हजार रुपैया दिएर विश्वास जितेकी उनले पछि १० लाख रुपैया असुलेकी जित बहादुरले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button