पोखरामा हुन लागेको मिस तामाङ्गको तयारी अन्तिम चरणमा

पोखरा न्यूज – ०८, माघ ।

बैदाम तामाङ्ग समाज पोखराको आयोजनामा माघ १२ गते शनिबार हुने ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखराको तयारी अन्तिम चरणमा पुगेको छ ।

२८५५ औ सोनाम ल्होसारको अवसरमा आयोजित कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ । ‘बढ्दो आधुनिकीकरण तथा पश्चिमीकरणले गर्दा मौलिक भाषा, संस्कार र संस्कृतिहरु धरापमा परि लोप हुने अवस्थामा पुगेको सन्दर्भमा भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न तथा अनन्तकाल सम्म जिवन्त बनाइराख्न पनि यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्नेमा हामी विश्वस्त छौं’ पत्रकार सम्मलेनमा बोल्दै समाजका अध्यक्ष ज्याक तामाङ्गले भने ‘अगाडीका संस्करणमा सहभागी नानीहरुले आफ्नो जाती, भाषा, संस्कार र संस्कृतिमा देखाएको चासो र जिम्मेवारीले पनि हामी हाम्रो उद्देश्यमा सफल भएका छौं भन्ने हामीले ठानेका छौं’ ।

प्रतियोगितामा देशभरबाट १४ जना तामाङ समुदायका युवतीहरु प्रतिस्पर्धीका रुपमा सहभागी छन् । सहभागीहरुमा काठमाण्डौकी रिता लोप्चान, पोखरा बुद्धचोककी सोनी तामाङ, विरौटाकी कुसुम तामाङ, बाटुलेचौरकी सोफिया स्याङबो, बिरौटाकी सुस्मा लोप्चान, लामागाउँकी श्वेता पाख्रिन, सृजनाचोककी आशा तामाङ, एयरपोर्टकी अस्मिता तामाङ, घारीपाटनकी रिस्ता घिसिङ, काठमाण्डौकी जेमिना घिसिङ, रामेछापकी सजना वाइवा, रत्नचोककी अमृता तामाङ, लेकसाइडकी मिनु थोकर र नालामुखकी प्रिती तामाङ रहेका छन् । प्रतियोगीहरुलाई बिभिन्न तालिमहरु प्रदान गरिएको आयोजकले जनाएको छ । तालिममा नेपाली चलचित्रका महानायक राजेश हमाल, कलाकारहरु सन्दिप क्षेत्री, हरिहर अधिकारी, जिपी तिमिल्सिनाले सहजीकरण गरेका थिए ।

यसैगरि गायक राजु लामा, गायिका तृष्णा गुरुङ्ग लगायतले समेत तालिम प्रदान गरेका थिए । तालिममा प्रतियोगीहरुलाई तामाङ्ग भाषा, संस्कार, परम्परा, भेषभुषा, रहनसहन तथा धर्मका विषयमा जानकारी प्रदान गरिनुका साथै व्यक्तित्व, नेतृत्व विकास, सार्वजनिक भाषणकला, महिला श-शक्तिकरण, सकारात्मक सोँच, आत्मरक्षाका विषयमा पनि प्रशिक्षण गराइएको कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिइन् । कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने बताइएको छ ।

कार्यक्रममा बोल्दै मिस तामाङ पोखरा २०१८ का विजेता कविता योञ्जनले अन्य सौन्दर्य प्रतियोगिता भन्दा मिस तामाङ पोखरा पृथक रहेको बताइन् । आफुले यो प्रतियोगितामा सहभागी भएर आफ्नो जातीको भाषा, धर्म, रहनसहन तथा संस्कृतिको बारेमा बुझ्न पाएको बताइन् । फोनिज कास्कीका अध्यक्ष एमबि आस्था मगरले हराउन लागेको संस्कृतिको जगेर्ना तथा युवा पुस्तालाई भाषा संस्कृतिमा रुची जगाउन यस्ता खालका कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताइन् । कार्यक्रमको सञ्चालन समाजका सचिब डोल्मा लामाले गरेका थिए । पहिलो नेपाल आईडल बुद्ध लामाले मिस तामाङ पोखराको ग्राण्ड फिनालेमा सांगितिक प्रस्तुती राख्नेछन । ग्राण्ड फिनाले अन्र्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा, प्रशान्त ताम्राकार कार्यक्रमको आकर्षण रहने छ ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद १५ हजारले पुरस्कार समेत प्राप्त गर्नेछन । कार्यक्रमलाई मुख्य प्रायोजन एक्सर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले गरेको छ । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा र तेस्रो संस्करण २०१८ मा कविता योञ्जनले ताज पहिरिन सफल भएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button