करीब ६ करोड लगानीमा पोखरामा अत्याधुनिक बधशाला तथा चिकन पोइन्ट संचालनमा

५५ जनालाई प्रतक्ष्य रोजगार

पोखरा न्यूज – ०८, माघ ।

पोखराको पार्दी विरौटामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकन पाइन्ट संचालनमा आएको छ ।  ५५ जनालाई प्रतक्ष्य रोजगार दिनेगरी संचालनमा आएको   उक्त बधशाला तथा चिकन पोइन्टमा  करिब ६ करोड लगानी भएको बताइएको  छ ।

फेवा मिट प्रोडक्ट्स प्रा.लि.ले हालै संचालनमा ल्याएको उक्त उद्योगको एक समारोहका बिच मंगलबार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्दै पोखरामा खसी तथा भैसी एंव रांगाको समेत वधशाला निमार्ण गर्नु पर्ने बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा गुणस्तरिय खाद्य पदार्थ उत्पादनमा यस्ता उद्योग धन्दा आवश्यक भएको बताउदै मन्त्री लम्सालले खाद्य बस्तुमा व्यवसायी तथा उद्योगीहरुले बिषेश ध्यान दिन आग्रह गरे ।

उनले प्रति बर्ष ७ हजार विदेशी आयातित बस्तु खरिदलाई कम्तिमा प्रति व्यत्ति एक हजार कम गर्न सके गण्डकी प्रदेशमै ठुलो रकम विदेशीनुबाट बचाउन सकिने बताए । मन्त्री लम्सालले आगामी फागुन भित्र प्रदेश सरकारले कानुन बनाएर विकासको तिव्र गतिमा लाग्ने दाबी गरे । गण्डकी प्रदेशको राजधानि पोखरा क्षेत्रमा कुखुरा तथा कुखुराजन्य बस्तुको माग बढी भएकोले आफुहरुले पोखरामा अत्याधुनिक पोल्टी बधशाला तथा फेवा चिकन पोइन्ट संचालनमा ल्याएको फेवा मिट प्रोडक्ट्स प्रा.लि.का प्रबन्ध निर्देशक तथा उद्योगपती चन्द्रकान्त बरालले बताए ।

प्रा.लि.का अध्यक्ष सुर्य प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा गण्डकी प्रदेश सांसद राम्जी बराल जिवन, वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँड, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज अधिकारी लगायतले आम उपभोत्तालाई गुणस्तरिय बस्तु उप्तादनमा निरन्तरता दिन आग्रह गरे ।  गण्डकी प्रदेशमा खपत हुने करिब ६ प्रतिशत अर्थात दैनिक २ हजार ५ सय केजी कुखुरा विक्रि गर्दै आएको प्रा.लि.ले आफ्नो उद्योगमा उत्पादन भएको कुखुराको गुणस्तरिय रुपमा काट्न सक्ने (स्लटीङ) तथा चिकनका विभिन्न परिकार उपलब्ध गराएको निर्देशक बरालले बताए ।

ईटलीबाट भित्राइएको अत्याधुनिक मेसिनले दैनिक करिब ४ हजार कुुखुरा स्लटीङ गर्न सकिने उनले बताए । अन्तराष्ट्रिय बजारमा लैजान सक्ने गरी गुणस्तरमा कुनै कन्जुसाई नगरेको उनको भनाई थियो ।

पोखराको पार्दी विरौटामा रहेको फेवा मिट प्रोडक्ट अन्र्तगत चिकेन पोईण्टले चिकेनका ७ प्रोडक्ट बजारमा ल्याएको प्रा.लि.का अध्यक्ष सूर्यप्रसाद बरालले बताए । पोखरा क्षेत्रमा स्तरिय खाजा, रेष्टुरेण्ट कम मात्रमा भएकोले बजारको माग अनुसार आफुहरुले चिकेन प्वाईन्टबाट खाजका विभिन्न परिकार बजारमा ल्याएको उनले जनाए । उनका अनुसार चिकेन रोल, चिकेन फ्राई, चिकेन ग्रिल फ्राई, चिकेन विर्यानी, चिकेन वन, चिकेन सोर्मा, लगायतका खाजाका आईटहरु उपलब्ध छ ।

फेवा मिट अन्र्तगत चिकेन पोईण्ट मार्फत विभिन्न खाजाको परिकार घर तथा पसल एवं कार्यालयमा प्याकिङ गरी लैजाने लक्षित गरेर बजारमा ल्याएको हो । पोखरामा होम डेलिभरी गरी करिब एक घण्टा भित्र खाजाको आइटम घर घरमा पुराउने लक्ष्यका साथ आफुहरुले तयारी गरेको बरालले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button