उपप्रमुख गुरुङद्वारा विद्यालयमा अक्षय कोष स्थापना

पोखरा न्यूज – ०९, माघ ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा–८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा रु एक लाखको अक्षय कोष स्थापना गरेकी छिन् ।

विद्यालयको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना गर्दै उनले सोबाट विद्यालयमा अध्ययनरत एकल महिलाका छोराछोरीलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने बताइन् ।

‘बुबाको निधन हुँदा मेरी आमा २३ वर्षको हुनुहुन्थ्यो । आमाले मलाई धेरै दुःखकष्ट गरेर हुर्काउनुभयो, बढाउनुभयोे ‘ उनले भनिन्,“अक्षयकोषबाट एकल महिलाका छोराछोरीलाई शिक्षामा सहयोग पुर्याउन छात्रवृत्ति प्रदान गर्नेछु ।
पोखरा महानगरपालिकाभित्र १७८ संस्थागत र २११ सामुदायिक विद्यालय रहेको र संस्थागत विद्यालयमा ८५ हजार ७२० तथा सामुदायिकमा ४१ हजार ७०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button