व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक : अध्यक्ष तिमिल्सिना

पोखरा न्यूज – १०, माघ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा व्यावसायिक एवं प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् । जनप्रिय माध्यामिक विद्यालय पोखराको स्वर्णजयन्ती समारोहमा उहाँले गुणस्तरीय शिक्षाका लागि पाठ्यक्रममा सुधार गरेर अगाडि बढ्नुपर्ने बताए ।

मुलुकका शैक्षिक संस्थाहरु बेरोगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा देखिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपाली समाज अनुकूलका प्राविधिक एवं व्यावसायिक शिक्षा विकास गर्दै देशमै रोजगारको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । अध्यक्ष तिमिल्सिनाले विद्यालय परिसरमा निर्मित स्वर्ण महोत्सव स्मारकको अनावरण गरे ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जनप्रिय माविले साधारण शिक्षा मात्र नभई प्राविधिक शिक्षातर्पm पनि अग्रसर भएको बताउँदै अहिलेको आवश्यकता प्राविधिक र व्यावसायिक शिक्षा भएको धारणा राखे । प्रधानाध्यापक बाबुराम पौडेलले विद्यालयको शैक्षिक गुणस्तर क्रमिक रुपमा बढ्दै गएकोले पछिल्लो समयमा विद्यार्थीको आकर्षण बढेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीले विद्यालयले शैक्षिक गतिविधिका साथै विद्यार्थीका अन्तरनिहीत क्षमता र प्रतिभालाई उजागर गर्न तहगत स्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको बताए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button