मिस तामाङ्ग पोखराको ग्राण्ड फिनाले शनिबार

पोखरा न्यूज – ११, माघ ।

मिस तामाङ्ग पोखराको ग्राण्ड फिनाले शनिबार हुने भएको छ । ग्राण्ड फिनालेमा तामाङ समुदायको १४ जना युवती उत्रदै छन् । बैदाम तामाङ्ग समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको यो चौथो संस्करण हो । २८५५ औ सोनाम ल्होसारको अवसरमा समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ्ग पोखरा गर्दै आएको छ ।

काठमाण्डौकी रिता लोप्चान, पोखरा बुद्धचोककी सोनी तामाङ, विरौटाकि कुसुम तामाङ, बाटुलेचौरकि सोफिया स्याङबो, बिरौटाकी सुस्मा लोप्चान, लामागाउँकी श्वेता पाख्रिन, सृजनाचोककी आशा तामाङ्ग , एयरपोर्टकी अस्मिता तामाङ्ग , घारीपाटनकी रिस्ता घिसिङ, काठमाण्डौकी जेमिना घिसिङ, रामेछापकी सजना वाइवा, रत्नचोककी अमृता तामाङ्ग , लेकसाइडकी मिनु थोकर र नालामुखकी प्रिती तामाङ्ग ले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र सहित म्युजिक भिडियोको अवसर प्राप्त गर्नेछन । फस्टरनर अपले नगद ३० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेण्ड रनरअपले नगद २० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद १५ हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक जयन्ती मोक्तानले जानकारी दिइन ।

कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । ग्राण्ड फिनालेमा पहिलो नेपाल आईडल बुद्ध लामाले गीत गाउने छन् । कार्यक्रम अन्र्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा, प्रशान्त ताम्राकार कार्यक्रमको आकर्षण रहने छ ।

कार्यक्रमलाई एक्सर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेको छ । सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण मा दिप्ती गोम्जा र तेस्रो संस्करणमा कविता योञ्जनले ताज पहिरिन सफल भएकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button