अन्ततः दिपक मनाङेले खाए गण्डकी प्रदेश सभा सदस्यको सपथ

डिएनबी, पोखरा न्यूज- १४, माघ ।

निर्वाचनको केहि समय पछि फौजदारी मुद्दा लागेर विवादमा रहेका राजीव गुरुङ उर्फ दिपक मनाङेले अन्ततः सोमबार गण्डकी प्रदेश सभा सदस्यको सपथ खाएका छन् ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उनलाई सपथ गराएका थिए । अदालतको आदेश धरौटिमा रिहा भएका उनले १२ पुसमा सपथका लागि प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । सपथ पछि हाल आफु कुनै पार्टीमा प्रवेश नगर्ने तर सरकारलाई भने समर्थन गर्ने बताए। १० मंसिर ०७४ मा भएको पहिलो चरणको निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर विजयी भएका थिए ।

निर्वाचनमा विजय भएको केही समयपछि फौजदारी मुद्दा अन्र्तगत गत बैशाखमा जेल चलान भएका उनले सपथ लिन पाएका थिएनन् ।  ज्यानसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहरिएपछि उनि सम्पर्क बाहिर रहेका थिए । गत वैशाखमा ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भएका उनलाई ६ पुस ०७५ मा सर्वोच्च अदालतको आदेशले धरौटी र तारेखमा रिहा गरेको थियो ।

सपथ समारोहमा उपसभामुख सृजना शर्मा, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिवहादुर चुमान, भाौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेत, नेकपा संसदिय दलका प्रमुख सचेतक मायानाथ अधिकारी र नेकपाका सांसद कृष्णा थापा सगै संसद सचिवालयका कर्मचारिहरु उपस्थित रहेका थिए ।

समारोहमा प्रमुख प्रतिपक्ष दल कांग्रेस, नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाका भने केही पनि सहभागी भएनन्। काग्रेस सांसद कुमार खड्काले कसैको दवावमा भन्दा पनि कानुनको राम्रो संग अध्ययन गरेर मात्र निर्णय लिन सभामुखलाई आग्रह गरेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button